विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

कोभिड १९ बाट पिडितहरुलाई एन्टा) (ANTA) द्वारा राहत बितरण

सिम्रौन्गढ़ नपा psa

कालिया, बारा।

छठ को पुर्व सन्धयामा आयोजना गरिएको शुभकामना अदानप्रदान तथा कोभिड १९ बाट पिडितहरुलाई राहत बितरण कार्यक्रम बाराको कलैयाको वडा न २१ भोडहामा सम्पन्न भएको छ । भुपु गाविस अध्यक्ष शिवबिहारी चौधरीको अध्यक्षता तथा कलैया उपमहानगरपालिकाका वडा प्रतिनिधि पलटनिया देवी चौधरीको प्रमुख आतिथ्य एवं रामअयोध्या यादवको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

karaiya holi 2082

कार्यक्रमको उद्घाटन सत्रमा विभिन्न वक्ताहरु तथा प्रमुख अतिथि देवीले सहयोगी संस्था (एन्टा) (ANTA ” Association of Nepali Teraian in america) नामक संस्था लाइ धन्यवाद ज्ञापन गर्दै आउदो दिनमा पनि यस्ता निसहाय तथा गरिब विपन्नका सहयोगका लागि आग्रह गर्दै अपेक्षा राखेको बताए। कृषि बन कार्यक्रम बाराको आयोजना, (एन्टा) (ANTA ” Association of Nepali Teraian in America) नामक संस्थाको सहयोगमा वडा नमबर २१ अति बिपन्न, दलित समुदायका एक सय जनालाई “साडी, टिका र सिन्दुर” राहत स्वरुप प्रदान गरिएको आयोजक संस्था बारा कोडिनेटर अन्जु चौधरीले जनाएकी छिन।

Prasauni holi 2082

छठ पर्वको लागि वितरण राहत सरहानिय कार्य रहेको सहभागी अतिथिहरूले एन्टा (ANTA ” Association of Nepali Teraian in america) संस्था लाइ भएको आ-आफ्नो विचार राख्ने कर्ममा जनाएका थिए। कोभिड १९ को मारमा परेकाहरुको लागि घाउमा मल्हम लगाएको सरह रहेकोले आयोजक संस्था तथा सहयोगी संस्था लाइ धन्यवाद ज्ञापन गरेका छन्। कार्यक्रममा अतिथिको रुपमा महमद आबिद हुसैन लगायत भद्र भलादमिहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन रामलखन यादवले गरेका थिए।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed