CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भुमि सुधार तथा मालपोत कार्यालयमा रु सयको बिगबिगी

फेटा GP PSA
1,073
सिम्रौन्गढ़ नपा psa

भुमि सुधार तथा मालपोत कार्यालयमा रु सयको बिगबिगी

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
बाराको कलैयामा रहेको भुमि सुधार तथा मालपोत कार्यालयमा हुने जग्गा किता काट , जग्गा पास , जग्गा रोक्का सम्बन्धि सबै कामकोलागि सेवाग्राहि जाने गरेको पाईन्छ। आफ्नो काम गराउन सेवाग्राहि कार्यालयमा पुगेपछि लेखापढि ब्यसायिहरु पहिले नै गिद्धे नजर राखि उनिहरुलाई आफ्नो झाँसामा समाउछन। र सेवाग्राहिसँग अनावश्यक रुपमा बढि रकम लिई राखेको पनि देख्न पाईन्छ।
कुनै पनि काम गराउँन सेवाग्राहि कार्यालयमा पुगेपछि कार्यालयको बिभिन्न कोठाको झ्याल भएर काम गराउँनु पर्ने हुन्छ। ति कोठाको हरेक झ्यालमा कर्मचारीहरु बसेका हुन्छन। ति कर्मचारीहरुनिर सेवाग्राहिहरु आफ्नो काम गराउँन आउँदा प्रत्येक फाईल बराबर रु सय लिई मात्र फाईल अगाडि बढाउने गरेको र त्यहि रकम फाईल भित्र वा बाहिर नराखेमा एक छिन बस्नु गर्दिदैछु । तपाईको फाईलको अभिलेख धेरै पुरानो छ खोज्नु पर्छ भनि ढिलो गरीरहेको गुनासो सिसहनिया बस्ने नेपालि देविले गुनासो गरेकिछिन।
Karaiya Mai Notice Winter
सेवाग्राहिसँग नेपाल सरकारको राजस्व बाहेक लेखापढि ब्यासायिहरुले आफ्नो पारिश्रमिक बाहेक केहिपनि नलिनुपर्नेमा नगदि रसिद बाहेक रु पाँचसय देखि रु एक हजार सम्म बढि तिर्नु पर्ने हुन्छ जुनकि त्यहि झ्यालहरुमा दिनुपर्ने हुन्छ। यो भन्दा पहिलाको सिडियो सर लाई  फोन गर्दा कसैले गुनासो गरेको छैन। तपाई नै पहिलो ब्यक्ति हो जो कि गुनासो गर्दै हुनुहुन्छ। लिखित उजिरी आएमा कार्वाहि गर्ने जानकारी प्राप्त भएको थियो। सिडियो सर लाई फोन गरेको जानकारी कर्मचारीहरुले पाएपछि केहि छैन पहिला सेवाग्राहिसँग रु दुई सय लिदै आएका थियौ भने अब रु चार सय लिने र बढि लिएको रकम सिडियो सरलाई दिने भनि कुरा लेखापढि ब्यासायि रामबाबु महतोले जानकारी गराएका छन।
राष्ट्रिय बाणिज्य बैंकको काउन्टर यस कार्यालयमा भएकोले नगदको काम दिउँसो तिन बजे सम्म मात्र गर्ने भनि लिखित सुचना टाँस गरिएको छ। काउन्टर बन्द भएपछि पछाडिको ढोकाबाट रु सयको नोट दिएपछि जुनसुकै बेलापनि बैंक भौचर उपलब्ध हुने जानकारी पनि महतोले दिएकाछन।
भुमि सुधार तथा मालपोत कार्यालय कलैयामा दुई जना अधिकृत सुमन चौधरी र कमोद तिवारी सहित एक जना कार्यालय प्रमुख रामकृष्ण उप्रेति हुदाहुदै पनि आज कार्यालयमा कोहि पनि उपस्थित नभएकोले सिँगो कार्यालय नै एउटा सुब्बा प्रमोद अधिकारीले सँचालन गरेको हुनाले सेवाग्राहिको काममा एक घण्टाको ठाउँमा तिन घण्टाभन्दा बढि समय लाग्ने गरेको फेटा गाउँपालिकाको रमेश साहले गुनासो पोखेका छन।
करारको कर्मचारी एउटै पदमा धेरै समय बस्ने तर स्थायि कर्मचारीहरुको जतिपनि सरुवाबढुवा भएतापनि नयाँ आउने कर्मचारीहरुलाई करार कै कर्मचारीहरु सबै थोक सिकाई दिने गरेकोले यस कार्यालयको रु सयको बिगबिगि यथावत नै रहिरहेको गुनासो समाजका अगुवाहरुले नाम उल्लेख नगर्ने शर्तमा पोखेकाछन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश