विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिगत नौ महीनादेखि बन्द बोर्डर नेपाल तर्फबाट सिमा खुल्यो, भारतीय पक्षबाट अवरोध कायमै

बिकाश पाण्डेय //रौतहट // मंसिर ११ गते बिहिबार

सिम्रौन्गढ़ नपा psa


कोरोना संक्रमणका कारण लामो समय देखि बन्द रहेको नेपाल भारत सिमाना आजबाट संचालनमा आएको छ ।गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई आज दिएको निर्देशनमा भारत सँग सिमा जोडिएका मुख्य नाकाहरुबाट पैदल आवतजावत संचालनको अनुमति दिए पछि बन्द रहेको सिमा नाका खोलिएको हो । भारतीय बजारसँग सिमा जोडिएको रौतहटमा मुख्य नाका भएर दुवै देशका तर्फबाट आवतजावन बन्द हुदा सिमामा समस्या भएको थियो ।“रौतहटको गौर नाकाबाट भारत तर्फ आवतजावतका लागी आज बाट सिमा संचालनमा आएको छ ।” रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने “नाकामा आवतजावत गर्नेको व्यक्तिहरुको अभिलेख राख्दै पैदल यात्रुको लागी मात्रै नाका खोलिएको उनले बताए ।” यात्रुवाहक सवारी साधनको आवतजावतमा भने अझै रोक रहेको उनले बताए ।नेपाल तर्फको सिमा खोलिए पनि भारतीय सिमा सुरक्षा बल एसएसबीले भने भारतीय सिमामा आवगमन संचालन हुन दिएको छैन । भारतीय पक्षले सिमा नाका संचालनका बारेमा आफुहरुलाई हाल सम्म कुनै जानकारी नआएकोले सरकारको निर्देशन नआए सम्म संचालनमा रोक कायमैं रहने बताएको छ ।कोरोना संक्रमणका कारण झण्डै ९ महिना देखि बन्द रहेको नाका नेपाल तर्फ बाट खुले पछि स्थानिय खुशी भएका छन ।यस्तै नागरिक समाज रौतहटका अध्यक्ष जगरनाथ केशरीले भने “नेपाल तर्फको नाका खुले पछि अब भारतीय पक्षले पनि नाका चाडै खोलेर आवागमन सुचारु हुने विश्वास छ ।रौतहटको मुख्य नाका बन्द हुदा स्थानिय जोखिमपूर्ण रुपमा नेपाल भारतमा आवागन गर्न बाध्य रहेका थिए । रौतहटको मुख्य नाका गौर भन्सार अगाडि बाट आवतजावत गर्न दिनु पर्ने र पहिलेकै अवश्थामा सिमा नाका सूचारु गर्नु पर्ने माँग गर्दै नागरीक समाजको अगुवाइमा गौर भन्सार कार्यालय अगाडी धर्ना समेतको कार्यक्रम हुदै आएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed