विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

जुवा खेल्ने १० जना व्यक्ति बारामा पक्राउ

सिम्रौन्गढ़ नपा psa
जुवा खेल्ने १० जना व्यक्ति बारामा पक्राउ
अनिल पाण्डेय
Prasauni holi 2082
कलैया बारा
karaiya holi 2082
जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरा स्थित सिमरा पाराडाइज होटलबाट १० पक्राउ परेका छन। ति जुवाडेहरू जम्मा भई रकम हारजित हुने गरी जुवाको खाल बनाई बाजी थापी जुवा कौडा खेलिरहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।
  बिशेष सूचनाका आधारमा हिजो राती जिल्ला प्रहरी कार्यालय बाराबाट खटिको प्रहरी टोली उक्त स्थानमा पुगी घेराबन्दी गरी सर्च गर्दा उक्त होटेलको कम्पाउण्ड भित्र पछाडी साइडमा रहेको टहराबाट जुवा खेल्न प्रयोग भएका म्याट, पाउडर, कौडा थान-१६ र नगद रू. ५ लाख८२ हजार ५ सय ५० रुपैयाको साथै खालमा खेलिरहेको अवस्थामा बरामद गरी १० जना जुवा खेल्ने व्यक्तीहरूलाई नियन्त्रणमा लिईएको जानकारी जिल्ला प्रहरी प्रबक्ता गौतम मिश्रले दिनुभएको छ।
 ति जुवा खेल्ने जुवाडेहरुलाई  जिल्ला प्रहरी कार्यालय बारामा ल्याई  जुवा मुद्दा अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान पनि  भईरहेको जानकारी समेत मिश्रले दिनुभएको छ।
Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed