विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

पर्यटन व्यवसाय उकास्न होटलको महत्वपुर्ण भुमिका

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

पर्यटन व्यवसाय उकास्न होटलको महत्वपुर्ण भुमिका निर्वाह गर्ने गरेको प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बताएका छन् । मन्त्री सोनलले नयाँ पूर्वाधार विकास र रोजगारी सृजना गर्ने व्यवसायलाई प्रदेश सरकारले आवश्यक पर्ने हर सम्भव सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

karaiya holi 2082

शुक्रबार बाराको कलैयामा नवनिर्मित होटेल करण राज प्यालेसको उद्घाटन गर्दै मन्त्री सोनले सो कुरा भनेका हुन् । कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित होटलको मन्त्री सोनलले रिबन काटेर उद्घाटन गरेका थिए । बारा ऐतिहासिक र पर्यटकीय महत्वको स्थान भएपनि सदरमुकाम कलैयामा सुविधा सम्पन्न स्तरीय होटल नहुँदा यस क्षेत्रको पर्यटन पर्वद्धन हुनसकेको थिएन ।

Prasauni holi 2082

कलैयामा पछिल्लो दुई वर्षमा करोडौँको लगानीमा दुई होटल सञ्चालनमा आएका छन् । उद्घाटन भएको होटलमा स्वीट, डिलक्स र स्ट्यान्डर्ड गरी २० वटा कोठा, ४ ओटा हललगायतको सुविधा रहेको होटेलका प्रबन्धक धनिलाल सरार्फले बताए ।

उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य पारस साह, जिल्ला समन्वय समिती बाराका प्रमुख नवल किशोर सिंह, सम्बिधान सभा सदस्य प्रमोद गुप्ता, मन्त्री सोनलको स्वकिय सचिव सन्तोष यादब, बाराका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल, प्रहरी उपरीक्षक कृष्ण पंगेनी, सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजित, महिला नेतृ पिंकी यादव लगायतकाको उपस्थिति रहेको थियो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed