CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नापि कार्यालयमा ब्रमलुट कार्यालय प्रमुख नाट्किय रुपमा प्रस्तुत हुदै

फेटा GP PSA
1,389
सिम्रौन्गढ़ नपा psa

नापि कार्यालयमा ब्रमलुट कार्यालय प्रमुख नाट्किय रुपमा प्रस्तुत हुदै

अनिल पाण्डेय

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैया बारा


नापी कार्यालय कलैया बारा को निमित्त कार्यालय प्रमुख मोहन महासेठ को मिलोमतोमा नै भ्रष्टचारी भईरहेको घटना सार्वजनिक भएको छ।

सेवाग्राहीहरु जग्गाको कित्ताकाट गराउन वा जग्गाको नक्सा र फिल्डबुक उतार लिन जादा नेपालको राजश्व बाहेक बढि पैसा लिने गरेको पाईएको छ। नेपाल सरकारको राजश्वको रसिद मात्रै दिने गरीएको छ। जग्गा कित्ताकाट गर्ने फाँट र जग्गा नक्सा र फिलडबुक उत्तार दिने फाँटमा सेवा ग्राहि जादा रु २०० देखि रु ५०० सम्म लिने पनि गरीएको पाईन्छ।

यहि बितेको बिहिबार भोजपुरी टाईम्स दैनिक र भोजपुरी टाईम्स अनलाईनमा पर्सा जिल्लाको छिपहरमाई गाँवपालिका घर भएको बृजेश चौरसिया विश्रामपुर वार्ड नम्वर ३ को जग्गा कित्ताकाट गराउन १०६ नम्वर झ्यालमा पुगेपछि त्याहाँ रहेको क्रमचारी पैसा माँग गरेकोमा केहि रकम लिई काम गरेको थियो। सोहि दिन कार्यालय प्रमुख माहासेठनिर गुनासो लिएर जादा पैसा माँग्ने वा लिने क्रमचारीलाई तपाई आफै कुटपिट गरी असुलउपर गर्नु भनि समाचार प्रकासित भएको थियो।

Karaiya Mai Notice Winter

सोहि बिषयमा कार्यालय प्रमुख महासेठसँग बिहिबार कुरा गर्न जादा आफु पैसाको लेनदेन गरेको छैन र सम्पुर्ण क्रमचारीलाई पनि निर्देशन दिएको छु कि कसैसँग पैसा नलिनु भनेर। सेवाग्राहि आबेगमा आएकोले आफु कुटपिट गर्ने भनेको हो।

पैसा लिने क्रमचारीलाई के कर्वाहि गर्नु भो प्रश्नमा आफुलाई के कर्वाहि गर्नु पर्छ जानकारी नभएको माथिलो निकायसँग सल्लाह लिने बताउनुभयो। चौबिस घण्टा हुदा पनि कुनै किसिमको कर्वाहि अगाडि नबढाउनुमा आफैमा शँका उत्पन्न भएको छ।

यो भ्रटचारी कार्यलाई कसरी निवारण गर्ने प्रश्नमा कार्यालय प्रमुख महासेठले कुनै बिश्वस्त धारणा नबताई उल्टै के गर्ने कसरी रोक्ने प्रश्न गरेकोमा पनि शँका उत्पन्न भएको छ।

बैँकमा जग्गा धितो राख्नको लागि जग्गाको नक्सा र फिल्डबुक उत्तारको लागि रु एक सय दस मात्र लाग्ने ठाँउमा बैंकको क्रमचारीहरु सेवाग्राहिसँग रु एक हजार लिन्छन। यति किन लिएको हो भनि सोध्दा हामि नापी कार्यालयको हाकिमसँग मिलाएकाछौ उहाँले सबै चाहिएको कागजात यहि ल्याई दिनुहुन्छ। त्यहि भएर बढि लिएको हो भनि नाम उल्लेख नगर्ने शर्तमा बैंकका एक क्रमचारीले बताएको छ।

त्यस्तै भुमि सुधार तथा मालपोत कार्यालयको क्रमचारीहरु हरेक फाईल बापत रु सय लिने गरेको पनि पाईन्छ। सेवाग्राहिहरुसँग कुरा गर्दा नापी कार्यालय र मालपोत कार्यालयको क्रमचारीहरुको कार्यालय आउने र जाने समयमा पौकेट मात्र तलासि गर्नु बाकि आफै प्रष्ट हुन्छ भनि बताउछन।

यि सबै कुरा औलियाउँदा नापि कार्यालय र मालपोत कार्यालयमा यति भ्रष्टचार हुनु कार्यालय प्रमुखहरु कै सङ्गलनता रहेको शँका उत्पन्न हुन्छ तर कर्वाहि गर्ने निकाय चुपी किन साधेको हो भनि समाजको अगुवाहरु प्रश्न गरेकाछन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश