विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बालबालिकालाई नै बाराका जिम्मेबार ब्यक्तिहरु परिचालन गर्दै

सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डेय, कलैया बारा। 

बालबालिकालाई कुनै पनि सभा गोष्टीमा सामेल गर्न पाउदैन तथा बालबालिका को सुनिश्चित अधिकरबाट बन्चित गर्न पाउदैन भनि हाम्रो देशमा कानुन बनेको छ। बालबालिकालाई शोषण गर्न पाउदैन। तर बाराको कलैयामा बाराको जिम्मेबार ब्यक्तिहरुनै -यालीमा स्कुलको बालबालिका प्रयोग गरिरहेको पाईन्छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियान  कार्यक्रम अन्तर्गत आज देखि  जिल्ला प्रहरी कार्यालय बारा महिला  बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र, लैङ्गिक हिंसा नियन्त्रण संजाल समिति सामुदायिक प्रहरी सेवा केन्द्र बाराको सुंयुक्त आयोजनामा संचालित सार्वजनिक स्थान र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुर्व्यवहार बिरुद्धको बिशेष अभियान  “Safty pin Campaign” सुरु गरेकाछन। बारा जिल्ला प्रहरी  कार्यालयलका प्रमुख प्र.उ. कृष्ण प्रसाद पंगेनीको अध्यक्षता तथा लैङ्गिक हिंसा नियन्त्रण संजाल समितिका सदस्यहरु बबिता जैसवाल, मन्जु सुबेदी, किसमती राम, सामुदायिक सेवा केन्द्रका अध्यक्ष महमद सागीर अंसारी, बिभिन्न संघ सस्थाका पदाधिकारीहरु, मानव अधिकारकर्मीहरु, संचारकर्मीहरु, महिला अधिकारकर्मी, स्थानिय भद्र भलादमी, बुद्धिजिवी समाज सेवी र प्रहरीहरुको समेत -यालीमा स्कुलका बालबालिकाको प्रयोग गरिएको प्रहरी कार्यालयबाट आएको फोटोमा प्रष्ट देखिन्छ।

बालबालिकाको प्रयोग गरी सार्बजनिक सवारी साधन अन्तर्गत महिला सिट, बृद्ध बृद्धा सिटमा अन्य व्यक्ति नबसौँ, महिला बालबालिकालाई दुर्व्यवहार नगरौँ, महिला बालबालिकामाथि अनावश्यक हर्कत नगरौँ, महिला बालबालिकालाई अनावश्यक हैरानी नदिउँ भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय बाराबाट बिहान १० बजेर २० मिनेट मा -याली शुरु भई बजार परिक्रमा पश्चात जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं १ भरतचोक स्थित कोणसभामा परिणत भई ११ बजेर ३० मिनेट उक्त -याली सम्पन्न भएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।

बाराको जिम्मेबार ब्यक्तिहरु नै बालबालिका को प्रयोग गरी रहेको देखेर बाल शोषण  मुक्त कसरी हुनेछ। बालबालिकाको अधारभुत शिक्षा कस्ले दिने। यहा अभिभावकहरु चर्को स्कुक शुल्क तिरेर बालबालिकालाई बोर्डिङ्ग स्कुलमा पठ्नपाठन गर्न पठाउँछन तर ति बोर्डिङ्ग स्कुलहरु आफ्नो निजि स्वार्थको लागि यसरी -यालीहरुमा पठाउनु निन्दनिय भएको नाम खोल्ने सर्तमा समाजका शुभचिन्तकहरु गुनासो गरेका छन।

बालबालिकाको अधिकारको सम्बन्धमा अवाज उठाउदै आएका अधिकारकर्मीहरूले सहभागी भएको कार्यक्रममा नै एका विहानै चिसोमा य्रालीमा सहभागिता बारे आवाज उठाउन नसक्नु डलर खर्च गर्नु र कमिशन कमाउनु भन्दा अरू केही नभएको बुध्दीजिवीहरूको बुझाई रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed