विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समाज विकास समिति कलैया द्वारा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान पुरा

सिम्रौन्गढ़ नपा psa

कलैया, बार।

समाज विकास समिति कलैयाले स्वस्थ समाज बनाउने क्रममा सर्वप्रथम महिलाहरुको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत “महिनावारीका कुरा- मर्यादा केन्द्रित भए मात्र हुन्छ पुरा” भन्ने मुल नाराका साथ दोस्रो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस बाराको फेटा गाउँपालिका वार्ड नम्बर १ स्थित भलुहीमा एक विशेष उत्सवको रुपमा भब्यताका साथ मनाईएका छन्। फेटागाउँपालिकाको सहकार्य तथा राधा पौडेल फाउन्डेसन र समाज विकास समिति कलैया बाराको संयुक्त आयोजनामा बिभिन्न कार्यक्रमहरु सम्पन्न गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

सचेतना मुलक र्याली प्रदर्शन गरि भलुही गाउँ परिक्रमा गर्दै वार्ड कार्यालय अगाडि कोणसभामा परिणत गरिएको छ। प्रयोजनामा लक्षित र सामाजिक परिचालकहरु द्वारा पहिचान गरिएका १०० जना अति गरिब तथा बिपन्न परिवारका गर्भवती र सुत्केरी महिलाहरु लाई पोषण हेतु पौस्टिक तत्व तथा खाद्यान्न सामाग्री बितरन गरिएको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथी संघीय सान्सद एकबाल मिया तथा संस्थाका अद्यक्ष शैलेन्द्र त्रिपाठीको अध्यक्षता एवं प्रदेश सान्सद एवं पुर्ब कृषि राज्यमन्त्री करिमा बेगम, फेटा गापा उपप्रमुख कमरुल खातुन, महिला नेत्री रम्भा मिश्र मुन्नी श्रीवासतब लगायतको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। उक्त वाडा लाइ यस विषयमा चाडैनै नमुना वडा घोषणा गर्ने उक्त संस्थाले जनाएको छ।

कोरोना महामारीका कारण ज्यान गुमाएका ज्ञात अज्ञात नेपालिहरु प्रति एक मिनेटको मौन धारण गरि कार्यक्रममा उपस्थित अतिथि गण हरुले संयुक्त रुपमा बिभिन्न सामग्रीहरु बितरन गरि उदघाटन गरेका थिए। जनचेतना हेतु उपस्थित भएका सहभागिहरुलाई जनचेतनामूलक मोबाइल ईन्फरमेसन डेस्क मार्फत मर्यादित महिनावारी बिषयक छलफल केन्द्रीत बिधि बाट विभिन्न जानकारी गराउदै यस सम्बन्धित विभिन्न पोस्टर, पम्प्लेटस र ब्रसरहरु बितरन गरिएको थियो।

उल्लेखित कार्यक्रममा स्थानिय विभिन्न राजनितिक दलका प्रतिनिधि, सो वार्डका सबै बिद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका, महिला स्वास्थ्य स्वयंसेविका, हेल्थपोस्टका ईन्चार्ज, स्थानिय समाजिक संस्थाका प्रतिनिधिहरु, विद्यार्थीहरु, किसान र मजदुरबर्ग, पत्रकार समाज विकास समितिका स्थानीय युवा भोलेन्टियर पदाधिकारी एवं सद्स्यगण, सामाजिक परिचालकहरु लगायत स्थानियहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण समाज बिकास समितिका कोषाध्यक्ष अच्छेलाल सर्राफले गरेका थिए। दोस्रो अन्तरास्ट्रिय मर्यादित महिनावारी दिवस कै अवसर पारेर स्थानिय संचार मध्यम बाट कार्यक्रम संचालन गरि सर्वसाधारण लाइ सचेतना फ़ैलाइएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed