विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

आज साँझको भीषण हावाहुरीबाट २५ जनाको मृत्यु, पचारौतामा ४० जनाको घर भत्कियो

सिम्रौन्गढ़ नपा psa

बारा ।। साँझ करिब ८ बजेतिर गएको भिषण हावाहुरीमा परी २५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले जानकारी दिएका हुन् । शाहीका अनुसार पर्सामा एक जनाको मृत्यु भएको छ । टेलकुवामा १, भलुई भरवलियामा हावाहुरीले घर भत्काउँदा पाँच जनाको मृत्यु, कावाही सोर्ण गाउँपालिकामा १,सदरमुकामबाट चार किलोमिटर टाढा फेटा गाउँपालिकामा -१, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पुरयाएर उपचार भइरहेको छ ।

karaiya holi 2082

पचारौता नगरपालिकाको वाडा न ७ मा रहेका काजल इँटा उधोगका आधादर्जन घाइते तथा करिब ४० जनाको घर भत्केको छ। हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए। घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको जानकारी गराइएको छ। उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। रुख र बिजुलीका पोल ढलेर बाटो अवरुद्ध हुँदा घाइतेको उद्धारमा कठिनाइ भएको छ।

डिएसपी शाहीले हावाहुरीबाट घरहरु तहस नहस भएकाले मृतकको संख्या थपिनसक्ने बताए। दैविक प्रकोपको विपत्ति आएको जनाउँदै सुरक्षाकर्मीलाई अलर्ट गरी उद्धार कार्य जारी रहेको बताइएको छ । सो घटनामा परी ४०० भन्दा बढी जना सर्वसाधारण घाईते भएको प्रधानमन्त्री केपी शर्मा ओलीको अधिकारिक टवीट मार्फत जानकारी दिइएको हो । यस घटनाबारे थप विवरण आउन बाँकी छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed