CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिजो साँझको भीषण हावाहुरीबाट मृत्यु हुने को संख्या करिब ६०, अझै बढ्ने अनुमान

रक्त संचार केन्द्र बिरगंज द्वारा रक्त दान गर्न आग्रह

फेटा GP PSA
2,304
सिम्रौन्गढ़ नपा psa

बारा ।।  अस्पतालमा घाईते भएको बिरामीहरुको उपचारमा रगत चाहिएकोले ब्लड बैंक बिरगंज ले रक्त दान गर्न लाइ आग्राह गरेको छ। बिरामीहरु लाइ रगत अत्यन्त आवस्यक रहेको जनाइएको छ। आईतवार साँझ करिब ८ बजेतिर गएको भिषण हावाहुरीमा परीमृत्यु हुने को संख्या करिब ६० ज्यान गएको पुगेको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीका अनुसार टेलकुवामा १, कवही गोठ सुवर्ण गाउँपालिकामा १,सदरमुकामबाट चार किलोमिटर टाढा फेटा गाउँपालिकामा -१, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पचारौतामा करिब ४० जनाको घर भत्किएको छ भने आईतवार आएको हवाहुरीबाट फेटा गाँउपालिका अन्धकार भएको छ । हावाहुरीका कारण सडकमा रहेका विद्युतका पोलहरु ढलेपछि यो गाँउपालिका अन्धकार बनेको हो । विद्युतको पोल ढलेपछि लाईन कटेपछि उद्धार कार्यसमेत प्रभावित बनेको छ । भने सडकमा आवतजावत गर्न समेत समस्या सृजना भएको छ । आएको भीषण हवाहुरीमा परि बाराको फेटा गाउँपालिका वडा नम्बर १ भलुहि भरवलियामा ४० भन्दा बढि घर भत्केको जहाँ ५ जनाको मृत्यु भएको छ भने वडा नम्बर ६ पुरैनियामा ४ जनाको मृत्यु भएको छ ।

Karaiya Mai Notice Winter

पचारौता नगरपालिकाको वाडा न ७ मा रहेका काजल इँटा उधोगका आधादर्जन घाइते तथा करिब ४० जनाको घर भत्केको छ। हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए। घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको जानकारी गराइएको छ। उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। रुख र बिजुलीका पोल ढलेर बाटो अवरुद्ध हुँदा घाइतेको उद्धारमा कठिनाइ भएको छ।

डिएसपी शाहीले हावाहुरीबाट घरहरु तहस नहस भएकाले मृतकको संख्या थपिनसक्ने बताए। दैविक प्रकोपको विपत्ति आएको जनाउँदै सुरक्षाकर्मीलाई अलर्ट गरी उद्धार कार्य जारी रहेको बताइएको छ । सो घटनामा परी ४०० भन्दा बढी जना सर्वसाधारण घाईते भएको प्रधानमन्त्री केपी शर्मा ओलीको अधिकारिक टवीट मार्फत जानकारी दिइएको हो । यस घटनाबारे थप विवरण आउन बाँकी छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश