CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया सिटी जेसीज शाखाको ११औं अधिवेशन सम्पन्न कि स्थगित, सबै अन्योलमा

फेटा GP PSA
1,506
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

कलैया सिटी जेसीज शाखाको ११औं अधिवेशन सम्पन्न कि स्थगित भएको बारेमा अन्योलता छाएको छ। वास्तविक कुरा बाहिरिन नसकेकोले अन्योलता छाएको बुझिएको छ। कलैया सिटी जेसिज शाखाको ११ औं साधारण सभा गरि वर्ष २०२०को अधिवेशनमाका अध्यक्ष जेसी विपिन चौधरीको अध्यक्षतामा सम्पन्न भएको कुरामा चुनिएका निर्वाचन अधिकृत रोजेश कुशवाहाले भने यो हाम्रो कलैया जेसिज लाई बदनाम गराउने षड्यन्त्र भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उक्त साधारण सभा बाट वर्ष २०२१ को लागि अध्यक्ष पदमा जेसी शम्भु कुमार गुप्ता, कार्यकारिणी उपाध्यक्ष क्रमश जेसी टंकेश महतो जेसी विजय गिरी उपाध्यक्ष क्रमश जेसी सन्दिप साह, जेसी श्रवण प्रसाद साह, जेसी श्याम केशरी र जेसी राहुल सर्राफ लगायतको निर्विरोध निर्वाचित भएको बारे निर्वाचन अधिकृत कुशवाहाले भने जबर्जस्ती गरि समिति चैयन गरेको बताए।

Karaiya Mai Notice Winter

उक्त साधारण सभामा संस्थाका पुर्व अध्यक्षहरु जेसी गंगा सागर कुशवाहा, जेसी रामबाबु कुशवाहा, जेसी रामबालक राउत, जेसी धनिलाल सर्राफ लगायत कलैया सिटी जेसिजका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको एका तिरका पक्षाधरले दाबी गरि रहेका छन भने अर्को तिर निर्वाचन अधिकृत जेसी कुशवाहाको अनुसार नियम संगत नगरी बलजबरजस्ती गरि नै समिति चैयन गरेको दावी गरे।

कलैया सिटि जेसीजको निर्वाचन कार्यक्रम स्थगित भन्दै निर्वाचन अधिकृत जेसी कुशवाहाले कलैया सिटी जेसीजको ११ औ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन स्थगित भएको जनाएका छन्। कलैया सिटी जेसीजको ११ औ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन भईरहदा उम्मेदवारहरु विच आपसी सहमति नहुँदा तथा बैठकको समय समाप्त भई राति परेको हुँदा निर्वाचन कार्यक्रम तत्काल गर्न नसकिएकोले हालको लागि निर्वाचन स्थगित गरिएको तथा निर्वाचनको अर्को समय तोकि निर्वाचन मार्फत नयाँ कार्यसमिति चयन गरिने कुरा जेसिसका निर्वाचन अधिकृत जेसी कुशवाहाले बताए ।

उम्मेदवारी दिएका दुबै पक्षलाई निर्वाचन स्थगितको लागि सुचना जारि गरेपनि केही जेसीज मित्रहरुले आफै हचुवाको तालमा नयाँ कार्यसमिति बनाएको कुरा सुन्दा आफुलाई आस्चर्य लागेको तथा जेसीजको मर्म र नियमलाई उपहास गरेकोमा त्यस्ता पक्षलाई जेसीजको गरिमा कायम राख्दै निर्वाचनमा भाग लिन आग्रह समेत गर्न चाहन्छु भनेर निर्वाचन अधिकृत कुशवाहाले जनाए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश