CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारा विभिन्न संघ संस्था द्वारा प्रहरी उपरिक्षक पगेनिको बिदाई

फेटा GP PSA
875
सिम्रौन्गढ़ नपा psa

बारा विभिन्न संघ संस्था द्वारा प्रहरी उपरिक्षक पगेनिको बिदाई

अनिल पाण्डेय

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैया , बारा


बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीको सरुवा प्रहरी प्रधान कार्यालय काठमाडौमा भएपछि विभिन्न संघसंस्थाले उनले गरेको कामको प्रसंशा गर्दै आज देवकिलाल धर्मशालामा बिदाई गरेको छ । उपरिक्षक पंगेनीले बारामा रहदा शान्ति सुरक्षा कायम गराउन,कोभिडमा समेत प्रभावकारी प्रहरी परिचालन र नागरिकसंग सुमधुर सम्बन्ध कायम गराउन,विभिन्न मुद्दाका फरार प्रतिबादिलाई समात्न र लागू औषध नियन्त्रण गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रसंशा गर्दै पगेनिको बिदाई गरिएको बिदाई कार्यक्रमका प्रमुख अतिथी नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताए ।

Karaiya Mai Notice Winter

एक सच्चा प्रहरीको भुमिका र्निवाह गर्दै कुनै पनि राजनितीक दबावमा नरही इमानदारी पुर्वक काम गरेको भन्दै गम्छा,दोसल्ला, सहित प्रसंशा पत्रले सम्मानित गरिएको थियो । प्रहरी उपरीक्षक पंगेनीको करिब एक बर्षको कार्यकालमा उनले जाहेर गरेका प्रतिवद्धतालाई पुरा गर्न सफल भएका छन ।

बाराको प्रहरी प्रमुख को रुपमा प्रहरी उपरीक्षक दीपेन्द्र शाही प्रहरी प्रधान कार्यालय घुम्ती पर्यटक प्रहरी कार्यालय नक्साल काठमाडौँ बाट आउँदै छन् । पगेनिलाई युवा साझेदारी,साक्षर सामुदायिक सिकाई केन्द्र र भिजिट मधेस बारा द्वारा संयुक्त आयोजना गरिएको कार्यक्रमको अध्यक्षता प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादबले गरेका थिए । भने सँचालन जयनरायण पटेलले गरेका थिए।

उक्त अवसरमा ईन्सेकका बारा अध्यक्ष भोलानाथ पैडेल , पत्रकार माहासँघ बाराका पुर्ब उपाध्यक्ष राकेश पाण्डेय , प्रहरी नायब उपरीक्षक गौतम मिश्र सहितकाले मन्तब्य ब्यक्त गरेका थिए भने विभिन्न संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मी लगायतकाको उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश