विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाली कांग्रेस बारा क्षेत्र नं २ द्वारा बिरोध सभा सम्पन्न

सिम्रौन्गढ़ नपा psa

नेपाली कांग्रेस बारा क्षेत्र नं २ द्वारा बिरोध सभा सम्पन्न

अमरेस कुमार पाण्डेय,

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पुष २५ गते कलैया बारा

Karaiya Mai Notice Winter


नेपाली कांग्रेस बारा क्षेत्र नं २ द्वारा सुवर्ण गाउँपालिकाको कवही गोठ बजारमा बिरोधसभा सम्पन्न भएको छ । क्षेत्रीय सभापति लक्ष्मण जैस्वालको सभापतित्वमा आयोजित बिरोध सभाका प्रमुख अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य तथा सभासद राम अयोध्या प्रसाद यादवले सम्बिधानको कुनै पनि धारा उपधारामा संसद बिघटन गर्ने उल्लेख नभएको बताउँदै संबिधानको धारा नै पढेर सुनाउनु भयो। केपी ओलीको सरकारले निर्वाचित प्रतिनिधि सभा भंग गरेर लोकतन्त्र विरोधी गतिविधि गरेको आरोप लगाए । जनताले निर्वाचित गरेको सर्वोच्च निकाय प्रतिनिधि सभा भंग गरेर अधिनायकवाद तर्फ सरकार अघि बढिरहेकाले कांग्रेसले रोक्नुपर्ने बताउँदै वहाँले नेपाली कांग्रेस भित्र रहेका ओलीलाई पनि तह लगाउनु पर्ने बताए।

 

कांग्रेसलाई लोकतन्त्र ,संविधान र जनताको माया र चिन्ता रहेका कारण सरकारलाई अधिनायकवाद तर्फ अघि बढ्न खोजे प्रतिकार गर्नुपर्ने जिम्मेवारी रहेकाले बिरोधका कार्यक्रम गरेर चुनौती दिनुपर्ने भएकाले आज कवहीगोठ बाजारमा बिरोधसभाको कार्यक्रम आयोजना गरिएको उद्घोष गरे।

 

बिरोध सभामा नेविसंघका पूर्व सभापति राजेन्द्र प्रसाद यादव, नारायण सिंह, राजेन्द्र सिंह, प्रभात सिंह, प्रभु पटेल, शिक्षक संघका पूर्व अध्यक्ष राम बिलास प्रसाद यादव, जिल्ला कार्य समिति सदस्य तथा नेपाल तरुण दल क्षेत्र नम्बर २ के क्षेत्रीय सभापति प्रमोद यादव लगायतका नेताहरुले मन्तब्य ब्यक्त गरेका थिए। मिश्रीलाल साहले स्वागत मन्तव्य राखेका कार्यक्रमको सहजीकरण सतेन्द्र प्रसाद यादवले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed