विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिन्दू राष्ट्र नेपाल कायम हेतु बीरगंजमा पूजापाठ एवं हवन

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा ।

हिन्दू राष्ट्र नेपाल कायम गराउने उदेश्यले आज गीता मन्दिर बीरगंजमा १०८ ब्रामण भन्दा बढीले पूजन, सत्यनारायण भगवानको कथा एवं हवन कार्यक्रम गरेका छन् । बीरगंजका समाजसेवी  संजय सरार्फको आयोजना एवं पंडित सचितनन्द दुबेको संयोजनमा कार्यक्रम गरिएको छ। कार्यक्रममा बिभिन्न विद्वान पण्डित सँगै आम सनातन धर्म प्रेमीको सहभागिता रहेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपालमा बढ्दै गएको हिन्दु सनातनी प्रतिको पीडाले अब हिन्दु सनातनीहरुले सजग हुदै समाजमा अगाडी बढ्दै समाज लाइ सचेत गराउने कार्यमा लागेको आयोजक सर्राफले बताउनु भयो। कार्यक्रममा १०८ भन्दा बढी ब्राम्हणहरु लाइ सेवा तथा भोजन समेत गराइएको थियो।

Karaiya Mai Notice Winter

पंडित पुरषोत्तम दुबे, आचार्य भोला पाण्डेय, पण्डित नरेन्द्र तिवारी, पण्डित देवनाथ उपाध्याय, पण्डित ब्रिजमोहन तिवारी लगायतका बिशिस्ट बिद्वानहरुले मन्त्र जाप पूजा हवन आदि गरी  उक्त महा यज्ञय पण्डित सचिता नन्द दुबेको संयोजकत्वमा सुसम्पन्न भइ पर्सा र बाराका भद्र भलादमी, भक्त जान, इष्ट मित्रको सहभागितामा कार्यक्रम पुरा भएको छ । उक्त कार्यक्रमा अँसु कुमारले सहजीकारण गरेका थिए।

कार्यक्रममा  बिजय गुप्ता, अनिरुद्ध सिंह, लालबाबु प्रसाद कुर्मी, सुरेश साह कानू, सजना ख़तिवडा, उमेश साह कानू, चितरंजन  श्रीवास्तव, रमेश रौनियार, बिनोद पटेल, ओमप्रकाश गुप्ता, हरेन्द्र पटेल, गोपाल दास लगायतको सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed