CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्रोत नखुलेको ४९ लाख सहित दुई भारतिय पक्राउ

फेटा GP PSA
443
सिम्रौन्गढ़ नपा psa

स्रोत नखुलेको ४९ लाख सहित दुई भारतिय पक्राउ

Karaiya Mai Notice Winter
अनिल पाण्डेय
कलैया बारा
बाराको फेटा गाँउपालिका वडा नम्बर ५ जोतपुर टोल स्थित दस गजा क्षेत्र नजिक पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुर बाराबाट खटिएको प्रहरी गष्टी टोलिले स्रोत नखुलेको  ४९ लाख रुपैया सहित दुई जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
भारतबाट नेपाल तर्फ BR05Y 6417 नम्बरको प्लाटिना मोटरसाईकलमा दुई जना चढि शंकास्पद अवस्थामा आईरहेको शंका लागि चेकजाँच गर्दा Rani लेखिएको कपडाको झोला भित्र लुकाई छिपाई ल्याएको नेपालि रु १००० को १९२३ ,रु  ५०० को ५७०४ र रु १०० को १२०० थान गरी जम्मा रु ४९ लाख बरामद गरीएको बारा प्रहरी उपरीक्षक दिपेन्द्र शाहिले आज पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको छ।
पक्राउ पर्नेमा जिल्ला मोतिहारी थाना हरपुर ग्राम पंचायत हरपुर वडा नम्बर १० घोडासहन बस्ने बर्ष  २६ को अरबिन्द महतो र एक जना १४
 बर्षिय नाबालिक भएकोले पहिचान सार्वजनिक नगरीएको पनि पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक शाहिले बाताएका छन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश