विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल वैश्य यूवा संघको दुई दिवसिय राष्टि्य सम्मेलन

सिम्रौन्गढ़ नपा psa

बीरगंज ।।  यहि चैत्र२४ र २५ गते बीरगंजको नगर सभा गृह(टाउँन हल)मा हुन गई रहेको नेपाल वैश्य यूवा संघको दुई दिवसिय राष्टि्य सम्लेनको बारेमा पत्रकार समेलन को आयोजना गरिएको छ। संघका पर्सा अध्यक्ष सुरेश कानु को अध्यक्षता मा भएको पत्रकार समेलनमा राष्टि्य अध्यक्ष दिलिप चन साहले वैश्य कलष्टर स्थापना, समा’जको व्यापारमा लगानि तथा सुरक्षा, वैश्य अन्तर जातिय तथा सामुहिक बिवाह, समाजको संगठन विस्तार तथा वैश्य कल्याणकारी कोष निमार्ण, सामाजिक विकृति, विसंगति विरुद्ब अभियान, महिला शिक्षा र वैश्य महासंघको स्थापना एवम् क्रियाशिलता सम्बन्धमा राष्टि्य सम्मेलन को छलफलको विषय वस्तु रहेको बताउनु भयो। 

Karaiya Mai Notice Winter

कार्यक्रम मा केन्द्रिय सचिव सुनिता रौनियार, जिल्ला यूवा समिति अध्यक्ष तथा नेपाल वैश्य संघ पर्साका वरिष्ट सल्लाहाकार संतोष कुमार गुप्ता, पत्रकार महासंघ पर्सा का उपाध्यक्ष अनुप तिवारी, प्रतिक दैनिक का आर.के.पटेल, प्रदेश नं२ का, सदस्य जगत राई, न्यूज२४का अखलेश साह तथा अन्य संचारकर्मीहरुको उपस्थिति रहेको थियो। पत्रकार सम्मेलनको सहजिकरण रेडियो बिन्दासका निर्देशक तथा राष्टिय सम्मेलन प्रचार प्रसार समिति संयोजक पन्नालाल साह ले गर्नु भएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed