विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जयनगर च्युटाहामा वडा स्तरीय पार्टी प्रवेश

सिम्रौन्गढ़ नपा psa

सबिर आलम, बारा ।

जनता समाजवादी पार्टी नेपालले बाराको वडा न.१ महेन्द्र आदर्श जयनगर च्युटाहामा वडा स्तरीय पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। आदर्श कोतवाल गाउँपालिका अध्यक्ष जगतनरायण प्रसाद कुश्वाहाको अध्यक्षता तथा आदर्श कोतवाल गाउँपालिकाका प्रमुख मुस्तुफा अन्सारीको प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। विभिन्न पार्टी परित्याग गरी विश्व बन्धु साह,आसा राम,किशोरी राम,बिहारी राम,उपेन्द्र राम,सुरेन्द्र राम,प्रयाज्ञ राम,रामबाबु राम, रिशीदेव कुश्वाहा, चन्द्रीका राम, जितेन्द्र राम, रामबाबु दास सुनिल राम गरी ३७ जनाले जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

उक्त पार्टी प्रवेश गर्ने व्यक्तिहरुलाई प्रमुख अतिथि मुस्तुफा अन्सारीले फुलमाला, अबिर तथा दोसाला ओढाई स्वागत गरेका थिए। पार्टी परित्याग गरि आएको प्रमोद प्रसाद यादवले भने हामीलाई चुनावको बेला भिन्न पार्टीले विभिन्न किसिमको आसवासन तथा लोभ लालच दिई भोट लिनु हुन्छ तर पछि गएर हामीहरुको आसवासन तथा विकासको एजेन्डा नै बिरसिएर जानु हुन्छ।

तर जनता समाजवादी पार्टी नै त्यस्तो पार्टी हो जुन चाही हामीहरुलाई आउदो दिनमा विकास तथा सहयोग गर्ने छ्न भनी अपेक्षाको साथ पार्टी प्रवेश गरेको कुरा बताउनु भयो। त्यस्तै प्रमुख अतिथि मुस्तुफा अन्सारीले भने तपाईहरु मेरो अनुहार हेरी यो पार्टी प्रवेश गर्नु भएको छैन, तपाईंहरु जनता समाजवादी पार्टीको सिद्धान्त र मुल्यमान्यता लाई हेरेर पार्टी प्रवेश गरेका छन् , जनता समाजवादी पार्टीले नै मधेशको मुद्दा उठाएको तथा आफ्नो हक अधिकारको लागि लडने पार्टी जनता समाजवादी पार्टी नै रहेको भन्दै म सग जति समय बाकी छ,त्यो समयमा तपाईहरुलाई ८०% काम गरेर हेराउछौ भनी आसवासन दिनु भयो।

साथै वडा न. १को मन्धरको बाटो ढलान र पुलको काम आगाडी बढिसकेको कुरा बताउनु भयो। उक्त विशिष्ट अतिथि पुनम देवी साह, वडा न.१का प्रत्यासी उमेदवार सुनिल प्रसाद कुश्वाहा, जिल्ला कार्यसमिति सदस्य मुकेश कुमार पान्डे, रामाधार प्रसाद यादव, युवा नेता हेफाजुल अन्सारी, लालबहादुर साह, प्रमोद यादव, रामबाबु प्रसाद कुशवाहा, राजनरायन यादव, भोला पाल, सतेन्द्र प्रसाद गुप्ता, अजिज अन्सारी, भुपेन्द्र प्रसाद यादव लगाएतका उपस्थिति रहेको थियो। स्वागत मन्तव्य पुनम देवी साहले गरेका थिए भने उदघोषण रुपेन्द्र कुमार कुश्वाहाले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed