विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल पत्रकार महासंघ विरुद्ध विभिन्न संगठन द्वारा सामुहिक विज्ञप्ति

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा जिल्लामा रहेका सक्रिय पत्रकारहरुका संगठनहरुले सामुहिक रूपमा एक प्रेस विज्ञप्ति जारीगर्दै नेपाल पत्रकार महासंघ बारा शाखाको बिरोध गरेका छन्। नेपाल पत्रकार महासंघ बारा शाखाले बिधान बिपरित राजनीतिक भावना बाट ग्रसित भएर एकलौटी निर्णय गरि श्रमजीवी पत्रकारहरु लाई उपेक्षा गरि क्षेत्र गत हिसाबले मधेसी लाइ पछाडी पार्ने दृष्टिकोण राखी अगाडी बढेको समेत विज्ञप्तिमा आरोप लगाइएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्लामा सक्रिय पत्रकारहरुको सदस्यता खारेज गरि एकलौटी ढंगले आफुनिकटका राजनीतिक आस्था राख्ने व्यक्तिहरुको नविकरण गरेको सर्वविदितै छ। जिल्लामा सक्रिय रूपमा कार्यरत पत्रकारहरुको बिना सूचना महासंघको विधान बिपरित सदस्यता खारेज गरेको देखिन्छ। साथै थप गरिएका सदस्यहरू मध्ये एक क्षेत्र र समुदाय विशेषका लाई मात्र प्रदान गरि जिल्लामा सक्रिय करिब दुई दर्जन पत्रकारहरु लाई सदस्यता बाट बन्चित गरेको बिज्ञप्तिमा उलेख गरिएको छ ।

तसर्थ महासंघको आउदो निर्वाचन पुर्व छुटेका सञ्चारकर्मीहरु लाई तत्काल प्रक्रिया अपनाइ सदस्यता प्रदान गर्न र महासंघमा यसअघि  सदस्य रहेका सञ्चारकर्मीहरुको सदस्यता नविकरण गर्न बिज्ञप्तिमा जोरदार मांग गरिएको छ। राज्य द्वारा पछाडी पारिएका मधेसी समुदाय लाई लक्ष्ति गरि आएको विभेद, सबैको साझा संस्था रूपमा रहेको नेपाल पत्रकार महासंघमा समेत दोहर्याउने उदेश्यले महासंघ बारा शाखा र प्रदेश शाखाले कदम चालेको ठहर गर्दै तत्काल हाम्रो मांग पूरा नगरे कठोर आन्दोलनमा उत्रिने कुरा बिज्ञप्तिमा उलेख गरिएको छ। मांगको विषयमा ४८ घन्टा भित्र प्रक्रिया नचाले महासंघ बारा शाखाको कार्यालयमा ताला बन्दी गरि थप आन्दोलनका कार्यक्रम सहित अगाडि बढाउने जानकारी मत गराइएको छ।

मधेशी पत्रकार समाज नेपाल बाराका अध्यक्ष अमरेश कुमार पाण्डेय, संघीय प्रेस फोरम बाराका अध्यक्ष अरुण कुमार साह, प्रेस मञ्च नेपाल बाराका अध्यक्ष अनिल कुमार वर्मा लगायत बिज्ञप्तिमा तीनवटा पत्रकारहरुको संगठन रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed