विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिधान विपरित कार्य गरेको भन्दै नेपाल पत्रकार महासंघ बारा शाखा कार्यालयको मुल गेटमा आज ताल्चा

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नेपाल पत्रकार महासंघ बारा शाखा कार्यालयको मुल गेटमा आज ताल्चा लगाइएको छ। बारा जिल्लामा रहेका सक्रिय पत्रकारहरुका संगठनहरुले सामुहिक रूपमा ताल्चा लगाएका छन्। नेपाल पत्रकार महासंघ बारा शाखाको बिरोध गरेका थिए। नेपाल पत्रकार महासंघ बारा शाखाले बिधान बिपरित राजनीतिक भावना बाट ग्रसित भएर एकलौटी निर्णय गरि श्रमजीवी पत्रकारहरु लाई उपेक्षा गरि क्षेत्र गत हिसाबले मधेसी लाइ पछाडी पार्ने दृष्टिकोण राखी अगाडी बढेको भन्दै ताल्चा लगाइएको छ। गत फल्गुण ३ गते प्रेस विज्ञप्ति मार्फत जानकारी गराइए तापनि हाल सम्म लिखित रुपमा कुनै प्रतिक्रिया नआएको कारण हामीले ताल्चा लगाएको नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद् तिवारीले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्लामा सक्रिय पत्रकारहरुको सदस्यता खारेज गरि एकलौटी ढंगले आफुनिकटका राजनीतिक आस्था राख्ने व्यक्तिहरुको नविकरण गरेको सर्वविदितै छ। जिल्लामा सक्रिय रूपमा कार्यरत पत्रकारहरुको बिना सूचना महासंघको विधान बिपरित सदस्यता खारेज गरेको तथा थप गरिएका सदस्यहरू मध्ये एक क्षेत्र र समुदाय विशेषका लाई मात्र प्रदान गरि जिल्लामा सक्रिय करिब दुई दर्जन पत्रकारहरु लाई सदस्यता बाट बन्चित गरेकोले ताल्चा लगाएको  संजय तिवारीले बताए।

Karaiya Mai Notice Winter

तिवारीको अनुसार महासंघको आउदो निर्वाचन पुर्व छुटेका सञ्चारकर्मीहरु लाई तत्काल प्रक्रिया अपनाइ सदस्यता प्रदान गर्न र महासंघमा यसअघि  सदस्य रहेका सञ्चारकर्मीहरुको सदस्यता नविकरण नगरे सम्म ताल्चा नखुल्ने बताएका छन्। राज्य द्वारा पछाडी पारिएका मधेसी समुदाय लाई लक्ष्ति गरि आएको विभेद, सबैको साझा संस्था रूपमा रहेको नेपाल पत्रकार महासंघमा समेत दोहर्याउने उदेश्यले महासंघ बारा शाखा र प्रदेश शाखाले कदम चालेको ठहर गर्दै तत्काल हाम्रो मांग पूरा नगरे कठोर आन्दोलनमा उत्रिने बताए।

मधेशी पत्रकार समाज नेपाल बाराका अध्यक्ष अमरेश कुमार पाण्डेय, संघीय प्रेस फोरम बाराका अध्यक्ष अरुण कुमार साह, प्रेस मञ्च नेपाल बाराका अध्यक्ष अनिल कुमार वर्मा लगायत बिज्ञप्तिमा तीनवटा पत्रकारहरुको संगठन रहेको छ। हाम्रो मांग पुरा नभए सम्म तालाबन्दी जारि रहने समेत जानकारी गराएका छन्। ताल्चा लगाउन नेपाल पत्रकार महासंघ केन्द्रिय पार्सद संजय तिवारी, मधेसी पत्रकार समाज नेपाल बारा अध्यक्ष अमरेश कुमार पाण्डेय, प्रेस मञ्च नेपाल बारा अध्यक्ष अनिल कुमार वर्मा, अभय दुबे, मानिक चन साह, उपेन्द्र पास्वान, शैलेश तिवारी लगायतका रहेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed