CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दलित सशक्तिकरण ऐन कार्यान्वयन अन्तरक्रिया सम्पन्न 

फेटा GP PSA
560
सिम्रौन्गढ़ नपा psa

दलित सशक्तिकरण ऐन कार्यान्वयन अन्तरक्रिया सम्पन्न 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
दलित सशक्तिकरण ऐन कार्यान्वयनका आस्था चुनौती र अवसर बिषयक जिल्ला स्तरिय दलिय अगुवासँग अन्तरक्रिया कार्यक्रम आज बाराको कलैया स्थित उधोग बाणिज्य सँघ कलैयाको सभाहलमा सम्पन्न भएको छ।
Karaiya Mai Notice Winter
दलित सशक्तिकरण ऐन बिक्रम सम्बत २०७३ मंसिरमा बनेको हो। जसमा २ नम्बर प्रदेशका सम्पुर्ण जिल्लााबाट सुझाव‌ संकलन गरिएको थियो । ऐनमा सम्पुर्ण पालिकामा दलित अगुवाहरुको समिति बनाउने उल्लेख गरिएको  छ। ऐनमा दलित बिधार्थीलाई उच्च माध्यमिक शिक्षा सम्म नि:शुल्क शिक्षा प्रदान गर्ने उल्लेख भएपनि कार्यन्वयन हुन सकेको छैन। स्थानिय तहमा समाजिक बिकासमा दलित महिलाहरुको बजेट छुट्याउने प्रष्ट उल्लेख भएपनि कार्यन्वयन नभएको अवस्था छ। दलितहरुको लागि स्नातक देखि पिएचडि सम्म को शिक्षाकालागि कोठा भाडा देखि लगाउने कपडा सम्मको ब्यवस्था मिलाउने ऐनमा उल्लेख भएको कुरा दलित सरोकार मँच नेपाल कञ्चनरुप नगरपालिका सप्तरीका अध्यक्ष भोला पासवानले जानकारी गराएका छन। दलित ऐेनले गर्दा अहिले प्रदेश नम्बर २ मा स्टापनर्स र अनमिको बिग्यापनमा दलितकोलागि आरक्षण पनि गरीएको कुरा पासवानले जानकारी गराएका छन। 
कार्यक्रमको प्रमुख अतिथि पुर्ब कृषि राज्यमन्त्री कलावती पासवानले सबैले मिलेर एक जुट हुनु आवश्यक देखिएको हो । साथै संबिधान सभामा ५२ जना दलित प्रतिनिधि थियौं जसले गर्दा संविधान धेरै राम्रो भएकोले कार्यन्वयन गर्न तर्फ जोड दिनु भएको थियो। दलित महिला सँघ बाराको अध्यक्ष किसमति राम र पत्रकार महासघं प्रदेश नम्बर २ का सदस्य सिकेन्द्र पासवानले ऐेन कार्यन्वयन गर्नुपर्ने जोड दिदै मन्तब्य ब्यक्त गरेका थिए। 
ऐन कार्यन्वयन गर्न सल्लाह सुझावमा शिक्षक श्रीराम पासवान र पत्रकारहरु सँचिव मिश्र,  अरुणा बिश्वकर्मा, अनिल बर्माले दिएका थिए। भने बाराको सक्रिय सँचारकर्मिहरुको उपस्थिति रहेको कार्यक्रम सँचालन साबित्री शर्माले गरेकि थिईन। 
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश