विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया सामुदायिक पुस्तकालय ८ महिना देखी बन्द

सिम्रौन्गढ़ नपा psa

सैलेस गुप्ता १२ फालगुन पोखरिया ः–

पर्साको पोखरिया नगरपालिका वडा न. ४ मा ५५ लाख ५६ हजारको लागतमा स्थापित सामुदायिक पुस्तकालयलाई विस्तापित गरिएको खबर प्रकाशमा आएको छ । वि.स. २०७१ साल कार्तिक २३ गतेदेखि रिड नेपालको आर्थिक सहयोगमा स्थापना गरिएको पुस्तकालय नगरपालिकाको भवनमा सञ्चालन हुँदै आएको थियो । वि.स. २०७६ साल मंसिर १५ गते पुस्तकाल व्यवस्थापन समितिसँग सम्झौता गरेर पुस्तकालयको स्तरोन्नतीका लागी नगरपालिकाले आफ्नो हातामा लिएको थियो । नगरपालिकालाई हस्तान्तरण गरिएको ५ महिनामै पुस्तकालयलाई वेवास्ता गरेर पुस्तकालय सञ्चालन भइरहेको भवनमा नगरपालिकाका विभिन्न शाखाहरु सञ्चलन गरीरहेको स्थानीयले बताएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सो भवनका कोठाहरुमा हाल स्वास्थ्य शाखा, पञ्जिकरण शाखा, रोजगार सेवा शाखा, प्रशासन शाखा, आर्थिक शाखा लगायतका शाखाहरु सञ्चालित छन् । पुस्तकालयको स्तरोन्नती गर्ने सम्झौतमा हस्तान्तरण गरेपनि पुस्तकालयमा भएका ५५ लाख ५६ हजारमुल्य बराबरका पुस्तक तथा अन्य सामाग्रीहरुलाई थन्क्याएर राखेको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष भरत गिरीले बताउनुभयो । पोखरिया नगरपालिका वडा न. ४ मा अवस्थित श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना माविको कक्षा कोठामा ति सामाग्रीलाई राखिएको गिरीको भनाई छ । पुस्तकालयबाट सेवा लिइरहेका १ सय भन्दा बढी सेवाग्राहीहरु मर्कामा परेका छन् । बिधालयका प्रधानाध्यापक ब्यास महतो चौहानले बिद्यालयको कक्षा कोठामा पुस्तकालय को सरसमान नगरपालीकाले १ हप्ताको लागी भनेर राखेको भएपनि ८ महिना बितिसक्दा समेत कक्षा कोठा खाली नगराएको बताउनुभयो । कक्षा कोठामा पुस्तकालयका सामाग्री राख्दा बिद्यार्थीहरुलाई पठन पाठनमा समेत समस्या भएको प्रधानाध्यापक चौहानले बताउनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed