CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पचरौता नगरपालिकामा रुद्रमहा यज्ञको उदघाटन

फेटा GP PSA
583
सिम्रौन्गढ़ नपा psa

सबीर आलम, कलैया, बारा।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पचरौता नगरपालिकामा रुद्रमहा यज्ञको उदघाटन भएको छ। श्री सिताराम सन्त समाजको आयोजनामा यज्ञ आज देखि विधिवत सुरु गरिएको छ। बारा जिल्लाको क्षेत्र न २ को पचरौता नगरपालिका वडा न ३ रामनगरमा संस्थाका अध्यक्ष देवानन्द दासको अध्यक्षता तथा उक्त क्षेत्रका बिधायक बच्चा प्रसाद यादवको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ। २०६२/६३ र ७२/७३ को आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको आत्माको चिरशान्तिका लागि यो यज्ञ गर्न लागिएको संस्थाका सलाहकार गम्भिरा सहनीले बताए।

कार्यक्रम सुरुगर्नु अघि ज्ञात अज्ञात सहिदहरु प्रति १ मिनेटको मौन धारण तथा फूलमाला अवीर अर्पण गरि श्रद्धान्जली अर्पण गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि यादवले आफ्नो मन्तव्य राख्ने क्रममा सहिदहरुको बलिदानीले आज हाम्रो प्रदेश सरकार बनेको हो भन्ने कुरा अझ जिवन्त राख्न लाइ तथा यस्ता धार्मिक कार्य बाट एउटा इतिहास कायम गर्नु भनेको सौभाग्यको कुरा हुदा आफु खुसि व्यक्त गर्दै यो यज्ञमा सकदो सहयोग गरि पुरा गराउन तयार रहेको बताए।

Karaiya Mai Notice Winter

सोहि क्रममा विशिष्ट अतिथि जसपाका केन्द्रिय सदस्य डाक्टर कमरुल्लाह अन्सारीले भने आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिको निम्तो स्वीकार गरि आउँन नसकेको बारेमा भने देशको राजनीतिक स्थिति परिस्थितिका कारण कार्य व्यस्तता बढेकोले आउन नसक्नु भएको होला, तर हाम्रो समाजमा एउटा केहि कुरामा कमि हेर्ने बित्तिकै मात्र मनमा नकारात्मक भावना राख्ने चलनको रुपमा रहेको छ तर तीसबैको जड हामि आफै रहेको छौकी भन्ने बारेमा हामि कहिले पनि न सोची गलत कुरा लाइ मात्र हेर्दा हेर्दै मात्र गलत गर्ने र गलत सोच्ने बाणी नै परेक। तर सोचलाई बदलियो भने सपना आफै बदलिन्छ, दिशा लाइ बदलियो भने बाटो आफै बदलिन्छ, प्रश्न लाइ बदलियो भने उत्तर आफै बदलिन्छ कसले भन्छ मात्र अरुको आलोचना गर्न लाइ, प्रसंसा गर्न बाणी बसालियो भने समाजका हरेक बिकृति विसंगति आफै बिलिन हुन्छ। अर्थात हामीले अरुको कुरा बारेमा एक चोटी सकारात्मक दृष्टिले सोचेर बुझिदियो भने समाजको कल्याण भई हाल्छ।

राजनीति भनेको राज्यको नीति, ब्यवस्थालाई ठिक गरि जनताको लागि अन्य देशप्रतिको कुटनैतिक आदी सम्बन्धलाई ठिक राख्ने व्यवहारगत व्यवस्था नै राजनीति हो। देशका कुनै पनि पार्टीले जनताको लागि राजनीति गरेपछि अवश्य नै त्यो सफल र सक्षम मानिन्छ। सोहि अनुसार म दलगत, जातिगत, धर्मागत तथा स्वार्थगत भावना बाट माथि उठेर अगाडी बढ्ने गरेको अन्सारीले भने। अन्सारीका अनुसार जनतालाई राजनीतिक दलले जब वेवास्था गर्ने गर्दछन्, त्यसपछि राजनीति सदाको लागि समाप्त हुन्छ। जनताको संघर्षको प्रतिफल दिन नसकेका राजनीतिक दलको औचित्य हुँदैन ।

नेपाली जनताको टाउँको माथि टेकेर धेरै पटक–पटक राजनीतिक दलले राजनीति गरी ब्यक्ति स्थापित हुने परिपाटीले गर्दा देशमा चाहे जति विकास हुन सकेन र राजनीति पनि जनताको लागि नभई ब्यक्तिको लागि मात्र भयो। राजनीति भनेको जनताको हरेक दु:ख र शुखामा साथ रही राज्यको नीति बारेमा अवगत गराउनु लाइ राजनीतिक भनिन्छ भने आसय रहेको थियो। र सोहि अनुसार जनताले पनि सबैको बारेमा औल्याउदै अब बढ्नु पर्छ। रह्यो कुरा यो रुद्र महा यज्ञको भने पचारौताको लागी एउटा एतिहासिक तथा बिकासको बाटोको निर्माण हो।

यो यज्ञले पचारौताको नाम र समृद्धि समेत गराउछ। किन भने ११० जना मधेशी सहिदको स्मारक बन्नु भनेको पर्यटन स्थल हुनु हो। र जब पर्यटक स्थल हुनथाल्छ भने बिकास र समृद्धिको द्वार खली हाल्छ। भोलिको दिनमा यहा नेशनल होस्पितल तथा कलेज पनि खुल्ने बातावरण बन्न सक्छ। त्यसै कारण तपाइँ हामि सबै मिलि जुली यो यज्ञय लाइ सफल जसरि पनि बनाउनु पर्छ। र यसको लागी आफु सकेसम्म सहयोग गर्ने प्रतिबद्धता समेत अन्सारीले गरे।

कार्यक्रममा बिशिस्ट अतिथी उप मेयर जसपाका ईन्दु कुमारी यादव, युवा नेता बिनोद यादव, के स कलाम अंसारी, ताहिर मंसुर, लक्ष्मी यादव, भुजेन्द्र, सिवसन्कर, सीता राम सन्त समाजका श्रद्दालु भक्तजनहरु लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन जगत नारायण कुशवाहाले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश