विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

देवताल गापाका शर्मा राईजिङ मोटिवेशनल स्पिकर सम्मान द्वारा सम्मानित

सिम्रौन्गढ़ नपा psa
काठमाण्डौ ।
राईजिङ मोटिवेशनल स्पिकर सम्मान द्वारा व्यवसाय प्रशिक्षक, मोटिवेशनल स्पिकर तथा लेखक आनन्द शर्मा सम्मानित भएका छ्न। नेपाल परिवार दल द्वारा काठमाणडौ स्थित क्राउन प्लाजा होटेलमा आयोजित सम्मान कार्यक्रममा पुर्व मन्त्री तथा केन्द्रिय अध्यक्ष एक नाथ ढकालले सो कार्यक्रम बिच शर्मालाई सम्मानित गरेका छ्न । शर्मा विगत ३ वर्ष देखि व्यवसाय प्रशिक्षक, मोटिवेशनल स्पिकर को रूपमा कार्यरत हुनुहुन्छ।
वहाँ ले लेखेको “जीवन व्यवस्थापन” नामक पुस्तक समेत प्रकाशन भएको छ। आफ्नो जीवनमा धेरै नै व्यवसायिक असफलताहरु देखेका शर्मा आज सफलता पुर्वक मोटिवेशनल स्पिकरको रूपमा आफ्नो नाम संगै देशको नाम पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएका छ्न। आनन्द शर्मा प्रदेश नम्बर २ मा पर्ने बारा जिल्लाको देवताल गाउँपालिकाको वडा नम्बर ५ टोल धुराहा निवासी हुन।
हाल वहाँ काठमाणडौमा बसोबास गर्दै आएका छ्न। यो पाएको सम्मान मैले नपाएर सम्पुर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरुले पाएको कुरा शर्माले बताए। सम्पुर्ण नेपालीको सहयोगले गर्दा मात्र म यहाँ सम्म पुगेको र यो सम्मानले झन उर्जा समेत प्राप्त भएको कुरा वहाँ ले बताएका छ्न।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed