विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

पोखरी खन्दा १३ औ शताब्दीको बिष्णु भगवानको मुर्ति फेला 

सिम्रौन्गढ़ नपा psa

पोखरी खन्दा १३ औ शताब्दीको बिष्णु भगवानको मुर्ति फेला 

अनिल पाण्डेय
Prasauni holi 2082
कलैया बारा
karaiya holi 2082
बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ हरियरपुरमा १३ औ शताब्दीको बिष्णु भगवानको मुर्ति फेला परेको छ। कुसिन्द्र महतो खेतमा माछा पालन गर्ने उद्देश्यले पोखरी खन्ने क्रममा सो मुर्ति फेला परेको हो।
 ५ देखि ६ फिट अग्लो र ३ देखि ४ फिट चौडाई भएको मुर्ति जयसुदिन टुलकले सिम्रौनगढ राज्यमाथि आक्रमण गरेको बेला धवस्त भएका मुर्ति हरु मध्येको एक हो। त्यति बेला सिम्रौनगढ राज्यका राजा नानदेव थिए भनि जानकारी सिम्रौनगढ नगरपालिका वडा नं ४ का वडाअध्यक्ष राजेश यादवले दिएका छन।
फेला परेको मुर्ति पौराणिक भएको कालो रँगका बिष्णु भगवानको हो। मुर्तिको दुबै हात्त काटिएको जस्तो छ। टाउको माथि पनि काटिएको जस्तो भएकोले पौराणिक ईतिहास सँग जोडिएको हुनसक्ने ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुबेदीले जानकारी गराउनुभएको छ। साथै सो मुर्तिलाई सोहि वडाको कम्लेश्वर नाथ महादेव मन्दिरको प्राङ्गणमा राखिएको छ। र थप अनुसन्धान भईरहेको पनि प्रहरी निरीक्षक सुबेदीले बताएका छन।
Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed