विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिधालय क्षेत्र बिकास तथा बृहत बिधालय सुरक्षा योजना न्युनतम प्याकेज सम्वन्धि एक दिने अभिमुखिकरण सम्पन्न 

सिम्रौन्गढ़ नपा psa
बिधालय क्षेत्र बिकास तथा बृहत बिधालय सुरक्षा योजना न्युनतम प्याकेज सम्वन्धि एक दिने अभिमुखिकरण सम्पन्न 
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
प्रभु यादव
कलैया बारा
Karaiya Mai Notice Winter
बिधालय क्षेत्र बिकास तथा बृहत बिधालय सुरक्षा योजना न्युनतम प्याकेज सम्वन्धि एक दिने अभिमुखिकरण आज जितपूरसिमरा उप महानगरपालिका बाराको श्री नमुना माध्यमिक बिधालय सिमराको सभाकक्षमा सम्पन्न भएको छ ।
जनजागरण युवा क्लब कलैयाले भि यश ओ नेपालको साझेदारीमा संचालन गरिरहेको प्ररम्भिक शिक्षा गुणस्तर सुधार परियोजना अन्तर्गत जितपूरसिमरा उप महानगरपालिकाका पाँचवटा बिधालयहरु श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक  बिधालय सिमरा, माध्यमिक बिधालय पथलैया, जनता माध्यमिक बिधालय राजघटा, माध्यमिक बिधालय डुमरवाना र श्री सरस्वती माध्यमिक बिधालय इनर्वासिरामा संचालनमा रहेको छ।    यस परियोजनामा बिधालय क्षेत्र बिकास योजना सम्बन्धि अभिमुखिकरण कार्यक्रममा पाँच वटै बिधालयका प्रधानाध्यापकहरु, वडाअध्यक्षहरु तथा बिधालय व्यवस्थापन समिति अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा जितपूरसिमरा उपमहा नगरपालिकाका शिक्षा तथा खेलकुद बिकास शाखा प्रमुख शिवजी साहले बिधालय क्षेत्र बिकास योजनाले दिगो बिकासका लक्ष्यहरुमा कसरी योगदान गर्दछ र बिधालयमा कस्ता कस्ता कृयाकलाप गर्दा बिधालयको गुणस्तर बढाउन सकिन्छ र यसले यो गुरुयोजना नेपाल सरकारले लागु गर्दा लिएका उदेश्य र यसको अपेक्षित प्रतिफल सम्वन्धि प्रतुतिकरण गरेका थिए ।
 त्यसै गरि जन जागरण युवा क्लब, बाराका कार्यक्रम प्रबन्धक मनोज यादवले बृहत बिधालय सुरक्षा योजना न्युनतम प्याकेजको अवधारण, यसका बिधालय स्तरमा शिक्षक, बिधार्थीको सुरक्षाका लागि अपनाउनु पर्ने न्युन्तम उपायहरु  र यसलाई बिधालय स्तरमा कसरी लागु गर्न सकिन्छ भने बिषयको प्रस्तुतिकरण गरेका थिए । उक्त कार्यक्रममा क्लबका कार्यक्रम प्रवन्धक श्रीनिवास बैठा समेतको उपस्थिति रहेको थियो ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed