विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पचरौता नगरपालिकाले शिक्षक सँयोजकलाई निमितको जिम्मेवारी दिदै

सिम्रौन्गढ़ नपा psa

पचरौता नगरपालिकाले शिक्षक सँयोजकलाई निमितको जिम्मेवारी दिदै

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
कुनै पनि कार्यालयलाई सँचालन गर्न कार्यालय प्रमुखको आवश्यकता रहेको हुन्छ। सरकारी कार्यालयहरुमा नेपाल सरकारले बिभिन्न सार्बजनिक पद धारण गरेको व्यक्तिलाई कार्यकारी प्रमुख बनाउने निर्णय समेत गरेको छ। तर अपुग कार्यकारी प्रमुखको  ठाँउमा निमित्तलाई पनि जिम्मेवारी दिई कामकाज सुचारु गरीएको अवस्था सिर्जना भएको छ।
Karaiya Mai Notice Winter
कुनै पनि सरकारी कार्यालय प्रमुखलाई बिदामा जानु परेमा आफु समान पद वा आफु भन्दा जुनियर कर्मचारीलाई दैनिकी कामकाज गर्ने जिम्मेवारी प्रदान गरी जाने व्यवस्था रहेको छ। सम्बन्धित कार्यालय भन्दा बाहिरको कर्मचारी लाई कार्यबाहकको जिम्मेवारी दिन नमिल्ने कानुनी ब्यवस्था रहेको छ।
स्थानिय सरकार चाँहि प्रदेश सरकार र केन्द्रीय सरकारको निति नियमको अधिनमा रहि कामकाज गर्नुपर्ने संबिधानमा ब्यवस्था गरिएको छ। बाराको पचरौता नगरपालिका जुन नेपालको संविधान अनुसार स्थानीय सरकार हो। स्थानिय सरकार पचरौता नगरपालिकाको कार्यकारी प्रमुख निमित्त प्रशासकीय अधिकृत श्याम प्रसाद यादव बिदामा घर गएको बेला नगर भित्रका शिक्षक सँयोजक प्रमोद प्रसाद यादवलाई कार्यबाहक जिम्मेवारी दिइएको थियो। शिक्षक सँयोजक यादबको पिपरपाती बिधालयमा दरबन्दी भई सोहि बिधालयबाट तलबभत्ता खाने गरेको पनि पाईन्छ। तर नगरपालिकाले सँयोजक यादवलाई कामकाजको लागि नगरपालिकामा रहने गरी पत्र दिईएको जानकारी प्राप्त  भएको छ।
नगरपालिकाको निमित्त प्रशासकीय अधिकृत श्याम प्रसाद यादवसँग प्रतिक्रिया लिँदा कार्यलयमा स्थायी कर्मचारीहरु छन।  शिक्षा प्रमुख बसन्त जोशि नआएकोले खण्डमा हालको शिक्षक सँयोजक यादव नै शिक्षा शाखाको जिम्मेवारी सम्हालेका थिए। त्यहि भएर उहाँलाई नै कार्यबाहकको  जिम्मेवारी दिदै आईरहेको हुनाले आफु पनि कार्यबाहकको जिम्मेवारी दिईएको बताए।
बाराको सहायक सिडियो हाल निमित्त जिल्ला प्रमुखको जिम्मेवारी सम्हालेका प्रशासकीय अधिकृत मुरारी कार्कीसँग प्रतिक्रिया लिदा यो बिषय हाँसोको बिषय हो। यस्तो ब्यवस्था कानुनी तथा ब्यवहारिक पनि लागु हुदैन। अहिले कानुन नै छैन र यो संघियताको उपज भएको बताएका छन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed