CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पचरौता नगरपालिका आफु खुसि साबिक वडा समायोजन गर्दै 

फेटा GP PSA
552
सिम्रौन्गढ़ नपा psa

पचरौता नगरपालिका आफु खुसि साबिक वडा समायोजन गर्दै 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
नेपाल संघियतामा गई सकेको अवस्था छ। नेपालमा तिन तहको सरकार बनिसकेको झण्डै पाँच बर्ष बित्न थालेको छ। देशमा भौगोलिक तथा मानबिकी हिसाबले पुनरसंरचना गरी सकेको छ। साबिक वडाहरुलाई समेटी हाल नगरपालिकाको वडा कायम गरीएको छ। तर पुचरौता नगरपालिकाले आफु खुसि साबिक वडाहरुलाई भु-उपयोग सिफारिस गर्न आदेश दिएको छ।
पचरौता नगरपालिका वडा नं ४ मा साबिक पकडिया चिकनिको वडा न ९  , बेल्दारीको वडा नं १, २, ३, ४, ९ लाई समाबेश गरिएको छ। अर्को वडा नं ५ मा साबिक पकडिया चिकनिको वडा न १ र ८ बेल्दारी वडा नं  ५ , ६ ,७ र ८ लाई समाबेश गरी बनाइएको छ। तर पचरौता नगरपालिकाले ‌वडा नं  ४ लाई साबिक पकडिया चिकनिको वडा नं  ९  , र बेल्दारीको वडा नं ४, ७, ८ ,९ को भु -उपयोग जग्गाको सिफारिस गर्ने र वडा नं ५ ले साबिक पकडिया चिकनिको वडा न १ , ८ अनि बेल्दारी वडा नं  १, २, ३ , ५ ,६ को भु – उपयोग जग्गाको सिफारिस गर्ने निर्णय गरी आदेश दिईएको जानकारी प्राप्त भएको छ।
वडा नं ४ का वडा अध्यक्ष कन्हैया यादवसँग कुरा गर्दा साबिक बेल्दारी वडा नं ७ का गाँउ हालको वडा नं ५ मा पर्ने र साबिक सोहि वडाको सरेह हालको वडा नं ४ मा पर्ने भएकोले वडा नं ५ का वडा अध्यक्ष लक्ष्मी यादवले केहि आर्थिक चलखेलमा साबिक बेल्दारी वडा नं ७ को सरेहको सिफारिस गरीदिएको हो भनि जानकारी दिनुभएको हो। 
Karaiya Mai Notice Winter
 
वडा नं ५ का वडा अध्यक्ष लक्ष्मी यादवसँग कुरा गर्दा साबिक बेल्दारी वडा नं ७ मेरो वडामा पर्ने भएकोले भारतिय नागरिकको जग्गाको सिफारिस भारतका बन्कटवाकि मुखियाको सिफारिसको अधारमा गरिदिएको हो। भारतको सिफारिसमा सो जग्गाको अर्को अँसियार उल्लेख नभएको जानकारी समेत दिनुभयो। सो जग्गा बिक्री पनि भईसकेको छ। र जग्गा बिक्री गर्न भएको एड्भान्स रकम वडा नं ४ का वडा अध्यक्ष कन्हैया यादव स्वयम् लिई जग्गा धनि किशोरी देबिलाई दिएको बताउनुभयो। अहिले वडालाई फेरबदल गर्न नमिल्ने भएकाले जिल्ला प्रशासन कार्यालय बारामा मुदा दर्ता पनि गराएको जानकारी दिएकाछन्। 
नगरपालिकाको निमित्त प्रशासकीय अधिकृत श्याम प्रसाद यादवसँग कुरा गर्दा वडा नं ४ बाट जग्गा स्पष्ट पार्ने सम्बन्धमा निबेदन आएकोले नगरपालिकाको अमिन तथा प्राविधिकहरु अध्ययन गरी प्रतिवेदन पेस गरेको अधारमा सिफारिस गर्न पत्रचार गरिएको हो। आर्थिक चलखेलमा वडा नं ४ को जग्गाको सिफारिस वडा नं ५ ले दिएकोले माँग भएको थियो। 
 
पचरौता नगरपालिकाका नगरप्रमुख रमेश कुमार यादवसँग प्रतिक्रिया लिँदा नेपाल सरकारले सिमाङ्कन गरी गुगलमा नै राखेको छ। र हाम्रो मन्त्रालय समान्य प्रशासन मन्त्रालय भएकोले त्यहाबाट लिन सक्नु हुनेछ। हालको वडा नं ४ को  जग्गाको सिफारिस गर्ने अधिकार हुदा पनि वडा नं ५ ले सिफारिस गरेकोले सँस्थागत बिबाद नभएको बताएका छन। 
 
जिल्ला समन्वय समिति बाराको सभापति नवलकिशोर सिँहसँग कुरा गर्दा नगरपालिकाले आफु खुसि गर्न मिल्दैन। यदि हेरफेर गर्नै पर्ने भए नगरसभाबाट अनुमोदन गराई जिल्ला समन्वय समितिमा पठाउनु पर्छ। अनि जिल्ला समन्वय समितिले प्रदेश सरकारलाई र प्रदेश सरकारले के्न्द्र सरकार पठाई केन्द्र सरकार अनुमोदन गरेपछि मात्र हुने ब्यवस्था छ। तर यसो गर्न मिल्दैन बताउनु भयो। 
जिल्ला प्रशासन कार्यालय बाराको सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीसँग कुरा गर्दा त्यसरी आदेश दिनु स्थानीय तहको अधिकार छैन। वडा अध्यक्षहरुले गर्दै आईरहेको पहिले जस्तै काम गर्दै जानु र अप्ठ्यारो परेको अवस्थामा अदालतमा मुदा हाल्दा हुन्छ जिल्ला प्रशासन कार्यालयको त्यो अधिकार नभएको बताएका छन्।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश