विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पुर्व प्रधानमन्त्री अगाडि स्कुले बालबालिकाको प्रयोग

सिम्रौन्गढ़ नपा psa

पुर्व प्रधानमन्त्री अगाडि स्कुले बालबालिकाको प्रयोग

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
 बालबालिकालाई कुनै पनि काम काजमा लगाउन पाईदैन भनि हाम्रो देशमा कानुन बनेको छ। बाल मैत्री बनाउन र बाल अधिकार जोगाउन सरकारको अर्बौ खर्बौ रकम खर्च भईरहेको सम्पुर्णलाई जानकारी नै छ। बाल बालिकाको अधिकारलाई सँरक्षण गर्न देश बिदेशको धेरै जसो आईएनजिओ र एनजिओहरु काम गरीरहेका छन। बालबालिका लाई कुनै पनि सभा जुलुस तथा प्रदर्शनमा प्रयोग गर्न पाईदैन भनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कुरा उठ्ने गरेको पाईन्छ। तर त्यसको चुनौती चाहि केहि बाराको प्राईभेट बोर्डिङ्ग स्कुलहरुले दिई रहेका छन।
Karaiya Mai Notice Winter
बाराको पचरौता नगरपालिका वडा नं ५ बेल्दारीमा आज देखि संचालन भएको खुम बहादुर खड्का स्मृति अन्तराष्ट्रिय कुस्ति प्रतियोगिताको उदघाटन समारोहमा प्रमुख अतिथि पुर्ब प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई खुशि पार्न स्कुलका बालबालिकालाई प्रयोग गरीएको छ। ११ बजे देखि उदघाटन हुने कार्यक्रम भएपनि २ बजे देखि सुरु भएको कार्यक्रममा स साना बालबालिकाहरुलाई चर्को घाममा उभाईएको थियो स्वागत गर्नको लागि।
यति मात्र होइन बारामा नेपाली कांग्रेसबाट  निर्वाचित भएका स्थानीय जनप्रतिनिधि , प्रतिनिधि सभा सदस्य,  पुर्व सांसदहरु , स्थानीय देखि केन्द्र सम्मको नेपाली कांग्रेसका नेतागणहरु तथा प्रहरी प्रशासनको बाक्लो उपस्थितिमा लिटिल स्टेप ईंग्लिश बोर्डिङ स्कुल बेलबारी  ५  स साना  बालबालिकाहरु लाई डिजे साउण्डमा नचाई मनोरञ्जन गराईएका थियो।
देशको पुर्ब प्रधानमन्त्री तथा नेपालि काँग्रेसको सभापति शेरबहादुर देउवा अगाडि यसरी बालबालिकाको प्रयोग हुनु र जिल्ला देखि केन्द्र सम्मको नेता तथा जनप्रतिनिधिको उपस्थिति रहनुमा बालबालिकाको हक अधिकार कतिको संरक्षण गर्न सकिन्छ भने स्थानीयहरुले प्रश्न गरेका छन। बालबालिकाको क्षेत्रमा कतिको हामि सक्रिय रहेका छौ। जति कुरा गरेपनि ब्यवहारमा लागु किन गर्न सकेका छैनौं भनि पनि प्रश्न गरेका छन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed