विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्साको छिपहरमाई गाउँपालिकाको ओरिया खोलामा पक्कि पुलको शिलान्यास

सिम्रौन्गढ़ नपा psa

सैलेश गुप्ता ०६ चैत्र पोखरिया ः–
पर्साको छिपहरमाई गाउँपालिकामा रहेको ओरिया खोलामा पुलको शिलान्यास गरिएको छ ।
डा न। ३ जयमंगलापुर र वडा न। ४ तुल्सिवर्वा जोड्ने ओरिया खोलामा भ्याट र पिएससहित ३ करोड २३ लाख १३ हजार २ सय ९३ रुपैया ९९ पैसाको लागतमा निर्माण हुने पुलको शिलान्यास गरिएको हो ।
२० मिटर लम्बाईको पुलको एक कार्यक्रमका बिच जयमंगलापुरका पुर्व गाविस अध्यक्ष गौरिशंकर साह कानुले शिलान्यास गरेका हुन् ।

Karaiya Mai Notice Winter

पुल निर्माणपछि सो क्षेत्रका हजारौ स्थानीय लाभान्वीत हुने अध्यक्ष कानुले बताए । वि।स। २०७९ सालको फागुन ३० गतेसम्म सम्पन्न गर्ने गरी उक्त पुल निर्माणको ठेक्का नागार्जुन बिनोद साह जेभीले सकारेको गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मोदिना खातुन, वडा न। ३ का अध्यक्ष बिनोद प्रसाद कानु, वडा न। ४ का अध्यक्ष रामबालक राउत गद्धी, प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, नेता जगदिस साह कानु,  रामबहादुर साह लगायतको उपस्थिती रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed