विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

सेवाग्राही द्वारा मालपोत कार्यालयका कर्मचारीलाई कार्यालय भित्र नै  घेराउ

सिम्रौन्गढ़ नपा psa

सेवाग्राही द्वारा मालपोत कार्यालयका कर्मचारीलाई कार्यालय भित्र नै  घेराउ

अनिल पाण्डेय
Prasauni holi 2082
कलैया बारा
नेपाल सरकारले मालपोत कार्यालयबाट जनताको जग्गा सम्बन्धि जग्गा रोका, जग्गा किता काट, जग्गा नामसारी लगायतका काम काज गर्न सहज होस भन्ने उद्देश्यले बिभिन्न स्थानमा स्थापना गरिएको छ।
बाराको कलैयामा रहेको मातपोत कार्यालयमा जिल्ला पर्सा बिरगंज पानिटँकि निवासी अमरनाथ प्रसाद रौनियार आफ्नो बुवा स्वर्गिय रघुनाथ प्रसाद रौनियारको नाममा रहेको बारा जिल्ला भगौडा वडा नं ८ मा रहेको १७ धुर जग्गा नामसारी गराउन आउँदा झगडा भएको कारण सम्पुर्ण कर्मचारीलाई कार्यालय भित्र नै घेराउ गरीएको थियो। नेपाल प्रहरीको टोलि आई स्थिति समान्य गरी दुबै पक्षलाई जिल्ला प्रशासन कार्यालय बारामा छलफलको लगिएको थियो।
karaiya holi 2082
 सेवाग्राही रौनियारसँग कुरा गर्दा बिगत चार दिन देखि आफु कार्यालयमा दौडिरहेको तर नायबसुब्बा कौषल किशोर क्षाले पैसा लिएर अरुको काम गरेको तर आफ्नो काम नगरेको आरोप लगाउनुभयो। मालपोत प्रमुख प्रमोद अधिकारीसँग फाईलमा टोक लगाउँदा जग्गाको पुरानो रसिद ल्याउदा ३५ दिने सुचना जारी गरीदिने निर्देशन क्षा लाई  दिएपनि आफु पैसा नदिएकोले बि स  २०७२ मा दर्ता छुट भएकोले अहिले गर्न नसकिने बताएका थिए। त्यसपछि  आफ्नो फाईल माँग्दा आधि कागजात झिकि फाईल दिएकोले बिवाद भएको हो भनि रौनियारले बताएका छन।
मालपोत प्रमुख जिल्ला अधिकारी बिदामा गएकोले अहिले निमित्तको कार्यभार सम्हालेका सागर कुमार साहसँग कुरा गर्दा हामिले काम गरिरहेका छौ तर यहाँ सेवाग्राहीको चाप बदि भएकोले दिलो हुनसक्छ। रौनियारको जग्गाको डाटामा जग्गाधनीको नाम प्रष्ट नभएकोले ३५ दिने सुचना जारी गर्नु पर्ने भएकोले बाँकिको प्रक्रिया मिलाउँदै गर्दा रौनियार हत्तारिएर आफ्नो फाईल माँग गर्दा कार्यालयको कागजात हटाउँदा अनावश्यक शब्द प्रयोग गरेकाले बिबाद भएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीसँग छलफल बारे बुझ्दा प्रमुख जिल्ला अधिकारी बाहिर मिटिङ्गमा गएकोले छलफल नभएको भोलिको लागि बोलाईएको छ। कर्मचारीहरु सुरक्षाको माँग गरेका छन तथा काम गर्ने बाताबरण सिर्जना गरीदिन पनि माँग गरेको कुरा पनि कार्कीले जनाएका छन।
मालपोत तथा नापी कार्यालयमा कुनै पनि फाईल अगाडि बढाउन पैसा नतिरी हुदैन। मालपोत कार्यालयका राजश्व फाँटमा बस्ने रामबिश्वास कानुले त झन बिना पैसाको काम नगर्ने गरेकोले सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको अरु सेवाग्राहीहरु बताउने गरेका छन। 
Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed