विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

प्रतिभावान शर्माको हेलिवर्ड परिक्षणको तयारी पुरा

सिम्रौन्गढ़ नपा psa

सबिर आलम, बारा।

हेलि वर्ड केहो भने बारेमा तपाई लाई थाहा छैन होला। आज-भोलि नरसरी क्लासमा पनि वर्ड भनेको चारा भन्ने पढाइन्छ तर हेलिवर्ड कुन चरा हो भन्ने बारेमा बुझ्दा हेलिकप्टर शब्द बाट हेलि र वर्ड शब्द जोडी हेलिवर्ड बनाइएको छ। जस्ले चरा जस्तै अकाशमा उड्ने मानिसको सपना लाई सकार गर्ने छ। तपाईको आकाँक्षा पूरा हुन सक्छ,र त्यो पूरा गर्न हाम्रै समाज बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वाडा न. ४ गँगानगर बस्ने एक किसान परिवारका २६ वर्षिय जलन्धर शर्माले यहि चैत २० शुक्रबारको दिन आफुले निर्माण गरेको हेलिवर्ड परिक्षण गर्ने भएको छ।

karaiya holi 2082

शर्मा मात्र कक्षा दश सम्म अध्य्यन गरेका छ्न । उनको सानै देखि केही न केही यन्त्र बनाउने चाहना थियो । सात कक्षामा पढ्दा उनले प्लास्टिकको बोतललाई काटकुट गरि उडने हेलिकप्टर बनाएर आफ्नो प्रतिभाको परिचय दिएका थिए। त्यसपछि उनले सन. २०१६ मा (Online Power Supplier) अनलाइन पावर सप्लायर मेसिनको सफल परिक्षण गरे जुन संसारको कुनै पनि ठाउँबाट बिधुतीय उपकरणहरु लाई मोबाइलको माध्यमबाट बिना ईन्टरनेट कनेकशन अर्थात बिना पैसाको पावर औन र अफ गर्न सकिन्छ भने सिद्धान्तमा निर्माण गरे तर दुर्भाग्यले उनको प्रतिभा लाई देशले चिन्नै सकेको छैन । उनका सबै खोज मानव जीवनको दैनिकी सँग जोडिएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उनले आफ्नो धेरै योजना यथावत राखेका छन। उनी आर्थिक सहयोग नपाएर निराश बनेका छन तर उनको अठोट टुटेको छैन, शर्मा भन्छ्न मैले आफ्नो लागि भन्दा देशको लागि केही गर्न खोजेको छु।विज्ञान तथा प्रविधिको क्षेत्रमा नविनतम खोज र अविस्कार गरेर देशको नाम विश्वभर चिनाउन चाहन्छु। जलन्धर शर्माले मानिसलाई चारा जस्तै आकाशमा उडाउने यन्त्र बनाउछु भने विश्वास र अठोटका साथ पुनह आफ्नै खर्चमा विगत १वर्ष देखि “हेली वर्ड” बनाउदै आएका थिए।

Prasauni holi 2082

यसको आधा भाग हेलिकप्टरको र आधा भाग चाराको जस्तो देखिने आकारको रहेको छ। जसको परिक्षणको तयारी पूरा भईसकेको र आउदो शुक्र वारको दिन परिक्षण गरिने शर्माले जानकारी दिनु भएको छ।

शर्माका अनुसार यो कसैको नक्कल नगरी आफ्नै नियम र सिद्धान्तमा बनाएको र यसको तौल २२० kg.भइ दुई जना व्यक्तिलाई बोक्न सक्ने (१५०-१७५ kg.) तथा ५०० देखि ६०० मिटर रन्वे र टेकअप स्पिड ७० देखि ८०km./h को रफ्तार तथा हावामा उडिसकेपछी १००देखि २००किलोमिटर प्रतिघान्टाको रफ्तारमा आफ्नो ईच्छा र क्षमताको अनुसार उडाउन सकिने,१२०- १५० किलोमिटरमा १लिटर ईन्धन खपत हुने र ३० मिनेटमा बारा जिल्लाबाट काठमाडौ जान सकिने क्षमता रहेको दाबीगर्नु भएको छ। साथै अहिले आएर सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख विजय शंकर यादवले केही आर्थिक सहयोग गरेका छ्न, त्यस्तै पचरौता नगरपालिकाका नगर प्रमुख रमेश यादव र आदर्श कोतवाल गाउँपालिकाका गा.पा.प्रमुख मुस्तुफा अन्सारीले पनि सक्दो सहयोग गरेको शर्माले बताएका छ्न ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed