विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रधानमन्त्री के पि शर्मा ओली द्वारा प्राइम टेलिभिजन बारा संबादाता श्रीकान्त गुप्ता सम्मानित

सिम्रौन्गढ़ नपा psa

प्रधानमन्त्री के पि शर्मा ओली द्वारा प्राइम टेलिभिजन बारा संबादाता श्रीकान्त गुप्ता सम्मानित

काठमाडौं

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

नेकपा एमालेका अध्यक्ष तथा सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीबाट बाराका प्राइम टेलिभिजन संवाददाता श्रीकान्त गुप्ता सम्मानित भएका छन् ।मंगलबार रिपोटर्स क्लब नेपालको २३औं वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।गुप्ताले जिल्लामा भएको बोकृती , बिसङ्ग्ती , सामाजिक कुरिती उपर लामो समयदेखि कलम चलाउदै आएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुलाई पुरस्कार तथा सम्मान गरेका थिए । मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालिका कार्यकारी अध्यक्ष÷सञ्चालक गोपाल गुरागाईंलाई प्रदान गरिएको छ । पुरस्कारको राशि १ लाख रुपैयाँको छ । रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल र नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक शालिक सुवेदीलाई तारिणीप्रसाद कोइराला र दिपक अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पत्रकारहरुलाई समाजबादी फोर्म नेपालका अध्यक्ष उपेन्द्र यादवले गाम्छा जसपा पार्टी अध्यक्ष महन्त ठाकुरले माला र प्रधानमन्त्री ओली, ऋषि धमला र नायिका एलिजा गौतमले सम्मान पत्र प्रदान गरेका थिए ।

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले क्लबले वार्षिक रूपमा प्रकाशित गर्दै आएको स्मारिका विमोचन पनि गरेका थिए । कार्यक्रममा बोल्दै उनले देशका संचारकर्मी, पत्रकार देशको चौथो अङ्ग भएकाले देशको विकास संचारकर्मी बिना कल्पना गर्न नसकिने धारणासमेत राखेका थिए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, सरकारका संघीय ममला तथा समान्य प्रशासन मन्त्री गणेश सिंङ्ग ठगुना श्रम रोजगार तथा समाजिक मन्त्री गौरीशंकर चौधरी , सुचना तथा संचार मंन्त्री पार्बत गुरुङ्ग , र सरकारका अन्य मन्त्री र सांसद नेपाल प्रहरीका प्रमुख शलेश थापा समाजका विभिन्न तह र तप्काका व्यक्तिहरु विशेष अतिथिका रुपमा सहभागी थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed