विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

आफ्नो पिडा लुकाएर अरुका दुःख उजागर गर्ने पत्रकार

सिम्रौन्गढ़ नपा psa

आफ्नो पिडा लुकाएर अरुका दुःख उजागर गर्ने पत्रकार

अनिल पाण्डेय

जति नै आलोचना वा नकारात्मक टिप्पणी गरे पनि ताजा घटना, तिनको गहन विश्लेषण र अन्तरकुन्तरका जानकारी मिडियाबाटै पाउँछौँ । राज्यका बेथिति र विसङ्गतिबारे सुसूचित हुने पनि सञ्चार माध्यमबाटै हो । अहिलेको विश्वमा कसैलाई अलिकति पनि जबाफदेही वा उत्तरदायी कसैले बनाएको छ भने त्यो मिडियाले हो । यसलाई नकार्न सकिँदैन ।

Prasauni holi 2082

हो पछिल्लो समय मिडिया सस्तो हुँदै गएको पक्कै हो । यसमा केही विकृति नआएका होइनन् । निष्पक्षता र निरपेक्षताको खाँचो छ । मिडिया हाउस र कतिपय अवस्थामा स्वयं पत्रकार पनि पेसाप्रतिको व्यावसायिकता र धर्मबाट विचलित भएका छन् । चुकेका छन् । यसको चर्चा यहाँ गर्न खोजिएको होइन ।

अहिले सञ्चार माध्यम र पत्रकारको कमी छैन । एउटा क्यामेरा र बुम बोकेकाहरू गाउँ, सहर चोक चौतारी जताततै देखिन्छन् । उनीहरू सबै पत्रकार हुन् कि होइनन् ? यस विषयमा पनि यहाँ बहस गर्न खोजिएको होइन ।

पत्रकारका भन्नै नमिल्ने दुःख !

अब मूल विषयमा प्रवेश गरौँ । पत्रकार जसले लुकेका वा जानीजानी लुकाइएका विषय प्रकाशमा ल्याउँछ । बेथिति र विसङ्गतिको पर्दाफास गर्छ । पर्दा पछाडि हुने चलखेलको पर्दा उघार्छ । निरङ्कुश शासकलाई घुँडा टेकाउँछ । कानुन, नियम र नीति सम्झाउँछ । जनताका दुःख, पीडा र वेदनालाई मुखरित गर्छ । शासकलाई सुशासन सम्झाउँछ । नेतालाई जनतासँग जोड्छ । प्रतिबद्धता र आश्वासन सम्झाउँछ ।

रात दिन दुःख गरेर अरूका दुःख देखाउने पत्रकारको दुःख कसले देखेको छ ? कसले लेखेको छ ? यहाँ चर्चा गर्न खोजिएको खास विषय यही हो । भोको पेटले कति पत्रकारले समाचार लेखे ? फाटो लुगाले कति नयाँ विषय उजागर भए ? जिन्दगी दाउमा राखेर कतिलाई प्रश्न गरे ? आफूले अन्याय सहेर कतिलाई न्याय दिलाए ? कसैसँग हिसाब छैन ।

के पत्रकारलाई दुःख छैन ? के महिनौँ तलब नपाएको पत्रकारका पीडा समाचार बन्न लायक छैनन् ? काम गर्दागर्दै लखेटिने पत्रकार समाचार होइनन् ? अवश्य हुन् । त्यसो भए किन बन्दैनन् समाचार ? अहम् प्रश्न नै यही हो ।

खुल्नै नसक्ने पत्रकार !

cinnepal.com ले यो सामग्री तयार पार्न विभिन्न सञ्चार माध्यममा कार्यरत केही प्रतिनिधि पत्रकारलाई सम्पर्क गरेको थियो । उनीहरूले आफ्ना पीडा पनि सुनाए । महिनौँ तलब नपाएका पीडा उनीहरूसँग थिए । काम गरेको श्रमको मूल्य माग्दा अपमानित हुनुपरेको अनुभव पनि सुनाए । अप्रत्याशित कामबाट गलहत्त्याइएको तितो यथार्थ भन्न भुलेनन् । भोको पेट लेखिएका समाचार उनीहरूलाई याद छन् । कोठा भाडा तिर्न नसक्दा घरबेटीले गरेको कचकच कण्ठस्थ छ ।

कोरोना महामारीमा कामविहीन हुनुको पीडा उनीहरूसँग छ ।

पीडाको उत्रो भारी बोकेका पत्रकारले दुःखको भारी cinnepal.comसँग बिसाए । तर, अन्तिममा प्राय सबैको एउटै आग्रह थियो, ‘समाचार बनाउने भए मेरो नाम चाहिँ नलेख्नुस् है ?’ दुनियाँलाई प्रश्न गर्ने पत्रकारको यो तहको निरीहता किन ? शासकलाई कडा प्रश्न तेर्स्याउन सक्नेले आफ्ना पीडा किन खुलाउन सक्दैन ?

यसका पछाडिका बाध्यता पनि उनैले सुनाए । ‘विश्वव्यापी बनेको कोरोना महामारीको असर नेपालमा पनि पर्‍यो,’ एक पत्रकारले cinnepal.comसँग भने, ‘महामारीमा पनि ज्यान जोखिममा राखेर काममा खटिएँ । घर परिवार र छरछिमेकको अवहेलना सहेँ । जोखिममा काम गर्दा आधा तलब पाइयो । तीन महिनामा एक महिनाको । म त रुनू कि हाँस्नु भए ।’

karaiya holi 2082

अर्का एक पत्रकारको पीडा पनि यो भन्दा कम छैन । उनको भोग्नु परेको नियति योभन्दा बढी छ । ‘जोखिममा रातदिन नभनी काम गरियो । बदलामा जागिर गयो,’ उनले भने, ‘काम गर्दागर्दै काम गर्न नआइजा भने । यसअघि पनि महिनौँ तलब नदिने मिडिया हाउसलाई महामारी राम्रो बहाना बनिदियो । काम गरेको अवधिको तलब पनि नपाइ बाहिरिनु पर्‍यो । अहिलेसम्म पनि श्रमको मूल्य पाउन लडिरहेको छु ।’

महामारी बहाना बन्यो

माथि नै भनिएजस्तो नेपालमा सयौँ मिडिया छन् । यसका कार्यरत हजारौँ पत्रकार र कर्मचारी छन् । ठुला भनिएका केही मिडियामा प्राय पत्रकारले दुःख पाएको देखिन्छ । यसमा ठुला भनिएका मिडियाका छापा माध्यमदेखि रेडियो, टिभी र अनलाइनमा पनि पत्रकारले दुःख पाएका छन् । यसमा कान्तिपुर मिडिया ग्रुपदेखि अन्नपूर्ण, नागरिक, राजधानी दैनिक र कारोबार लगायत छन् । केही श्रव्य सामग्री प्रसारण गर्ने टेलिभिजन र अनलाइन मिडिया समेत छन् ।

पछिल्लो एक वर्षमा यिनमा देखिएका केही साझा समस्या यहाँ चर्चा गरौँ । पुरानो र नेपालकै ठुलो भनेर दाबी गर्ने कान्तिपुर दैनिकमा कार्यरत पत्रकारका लागि महामारी अभिशाप बन्यो । कान्तिपुरलाई भने राम्रो बहाना । वर्षौँदेखि चलेको नारी मासिक र नेपाल साप्ताहिक कुनै जानकारी नै नदिई बन्द गरियो ।

त्यहाँ कार्यरत पत्रकार र कर्मचारीलाई फोर्स रिजाइन गर्न लगाइयो । सयौँ पत्रकार कर्मचारी कामविहीन भए । वर्षौँदेखि काममा खटिएका पत्रकार र कर्मचारीलाई महामारीकै बहानामा बिदा गरियो । उनीहरूको भविष्य र वर्तमान प्रति कुनै जिम्मेवारी बोध कान्तिपुरलाई भएन । यदपि पत्रकार र कर्मचारीलाई बिदा गर्दा कान्तिपुरले पाउनुपर्ने सबै पारिश्रमिक भने दिएर बिदा गरेको बताइन्छ ।

निरीह पत्रकार, बफादार सम्पादक

यतिका अन्याय हुँदा समेत विभिन्न मिडियामा कार्यरत पत्रकार बोल्न डराउँछन् । सामाजिक सञ्जालमा बहस गर्न डराउँछन् । अन्यायविरुद्ध खरो उत्रिने पत्रकार आफैलाई परेको अन्यमा बोल्न सक्दैनन् । यस्तो निरीहता किन कसरी आयो ?

पत्रकारकै कुरा सुन्ने हो भने यो उनीहरूको रहर नभई बाध्यता हो । मिडिया मालिकहरूको एक खालको अघोषित सिन्डिकेट नै छ । एउटा सञ्चार माध्यममा विद्रोह गर्दा उसले अरू सञ्चार माध्यममा पनि काम पाउन कठिन हुन्छ । त्यसैले उनीहरू बोल्न डराएको बताउँछन् । ‘जति नै विकास भएको भनिए पनि नेपालमा अलि ठुला सञ्चार माध्यम कति नै छन् र ?’ एक पत्रकारले भने, ‘यिनीहरूको अघोषित एकता छ । एउटामा विद्रोह गरेकालाई अन्त पनि काम नदिन लबिङ गर्छन् ।सर्कुलर नै जारी गर्छन्। यो यसअघि नै पुष्टि भइसकेको तथ्य हो ।’

अनि ठुला सञ्चार हाउसका सम्पादक त मालिकका कारिन्दा मात्रै हुन् । उनीहरूले मालिकको हितबाहेक सहकर्मीको हितमा बोल्दैनन् । उनीहरूको भूमिका मालिकको अन्ध वफादार नोकर जस्तो छ । कर्मचारीको हितमा उनीहरू चुइँक्क बोल्न सक्दैनन् । वर्षौँदेखि नदेखिने नाफा कुम्ल्याएका मिडिया मालिकहरूमा मानवीयता नै छैन भन्दा हुन्छ । नत्र संस्थाको विकासका लागि वर्षौँ काम गरेको एक कर्मचारीलाई एक छिन पनि नसोची कसैले गलहत्त्याउँछ ?

विरलै हुन्छ विद्रोह

यस्तो कयौँ पीडा बोकेर अरूका पीडा सुनाउने पत्रकारले पनि कहिलेकाहीँ बाध्य भएर विद्रोह गर्छन् । यो एक वर्षको अवधिमा पनि देखिने केही विद्रोह भएका छन् । त्यसमा विभिन्न सञ्चार माध्यममा रिले अनसनदेखि आफै कार्यरत मिडियामा अनसन बसेका पछिल्ला उदाहरण छन् ।

महामारीको बहानामा जबरजस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौँदेखि तलब नदिने सञ्चार संस्थाबाट पीडित पत्रकार तथा कर्मचारीले रिले अनशन सुरु गरेका थिए । उनीहरूले ठुला भनिएका सबै मिडियामा आन्दोलन गरे । विभिन्न विरोधका कार्यक्रम गरे । लामो समयसम्म पनि तलब माग्दा, पुनर्बहाली गर्दा तथा श्रमजीवी पत्रकार ऐन अनुसार सुविधा माग्दा कामबाटै वञ्चित गराइएपछि पत्रकारहरू रिले अनशनमा बसेका थिए । यो मिडिया मालिकविरुद्धको कडा विद्रोह थियो । पत्रकार महासङ्घको समन्वयमा पीडित पत्रकार(कर्मचारी संयुक्त सङ्घर्ष समिति नै बनाएर उनीहरूले अनसन बसेका सबैलाई जानकारी नै छ।

वर्षौँदेखि अरूका अन्यायका विरुद्ध समाचार लेख्ने पत्रकारका पीडा पनि अब समाचार बन्नुपर्छ । श्रमजीवीले न्यूनतम पारिश्रमिक पनि नपाउने ? जीवनभर श्रम, पसिना बगाउने पत्रकारहरूको जीवन कष्टकर भइरहने ? काम गरेको ज्याला पनि नपाउने ? यी विषय पनि अब समाचारका शीर्षक बन्नुपर्छ । न्यायका लागि लेख्नेहरू नै अन्यायमा पर्नु दुर्भाग्यपूर्ण हो । अब पत्रकारहरूले आफ्नो हकहितबारे पनि बोल्नु पर्छ ।

अरूलाई प्रश्न गर्ने मिडिया व्यवसायमाथि पनि प्रश्न उठाइनु पर्छ । मिडियामा हुने यस्ता समस्या, जटिलता अरू कसैले होइन मिडिया हाउसले उठाउनु पर्छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed