विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

माग सम्बोधन पछि क्रियाशिल पत्रकार समुहको आन्दोलन स्थगित !

माग सम्बोधन पछि क्रियाशिल पत्रकार समुहको आन्दोलन स्थगित !

सिम्रौन्गढ़ नपा psa

माग सम्बोधन पछि क्रियाशिल पत्रकार समुहको आन्दोलन स्थगित !

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।चैत २१।रौतहट जिल्लाको सदरमुकाम गौरमा नेपाल पत्रकार महासंघमा चलिरहेको क्रियाशिल पत्रकार समुहको आन्दोलन माग सम्बोधन पश्चात् स्थगित भएको हो।
बर्षौ देखि क्रियाशिल पत्रकारहरुको नेपाल पत्रकार महासंघ रौतहट शाखाले सिफारिस नगरेकोले क्रियाशिल पत्रकार समूह आन्दोलनमा उत्रिएका थिए।
नेपाल पत्रकार महासंघका तिनै तहका निर्वाचनको मिति र नामावली सार्वजनिक भएपछि बर्षौ देखि फिल्ममा खटिदै आईरहेको क्रियाशिल पत्रकारहरु नाम नसमेटिए पछि क्रियाशिल पत्रकार समूह आन्दोलनमा उत्रिएका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

क्रियाशिल पत्रकार समुहको १२ अौं दिनको आन्दोलन पछि नेपाल पत्रकार महासंघ रौतहटका पदाधिकारी र क्रियाशिल पत्रकार समूह बित सर्त मन्जुरी भए पश्चात् आन्दोलन स्थगित भएको हो। नेपाल पत्रकार महासंघ रौतहटबाट पुर्व अध्यक्ष शैलेन्द्र गुप्ता,बर्तमन अध्यक्ष रबिन्द्र साह, सचिव गौतम श्रेष्ठ,सह-सचित पुष्पराज यादव र आन्दोलनरत तर्फबाट प्रबिन टिबडेवाल,चंचल झा, अजित कर्ण बिच लिखित सम्झौता भए पश्चात् आन्दोलन स्थगित गरि क्रियाशिल पत्रकार समूह हुन लागेको २५ गतेको चुनावमा पुर्ण सहयोग गर्ने प्रबिन टिबडेवालले बताएका छन्। २५ गते हुन लागेको निर्वाचन पछि निर्वाचित पदाधिकारीले सो माग सम्बोधन नगरेपछि कानुनी उपचार पनि गर्ने क्रियाशिल पत्रकार समुहका संयोजक प्रबिन टिबडेवालले जनाएको हो। नेपाल पत्रकार महासंघ रौतहट शाखाबाट गठित समित पुर्व अध्यक्ष शैलेन्द्र गुप्ता, बर्तमन अध्यक्ष रबिन्द्र साह,सचिव गौतम श्रेष्ठ सहितको टोलीले क्रियाशिल पत्रकार समूह बिच सपथ ग्रहणको एक हप्ता भित्र बोर्ड सदस्यको बैठक बोलाई क्रियाशिल पत्रकारलाई सदस्यता सिफारिस गर्ने, नगरे आन्दोलनरत पत्रकार समूह उग्र बाटो अपनाउने र यस्को सम्पुर्ण जिम्मेवारी पत्रकार महासंघ रौतहट शाखाका पदाधिकारीहरुले लिने सर्तमा आन्दोलन स्थगित गरिएको आन्दोलनरत पत्रकार समुहका संयोजक चंचल झाले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed