विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सम्बाद संजाल गठन तथा संजाल सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

सम्बाद संजाल गठन तथा संजाल सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

कलैया बारा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश


बाराको परवानीपुर गाउँ पालिकाको वडा नम्बर ३ र ४ मा संचालित उज्वल र सरस्वती किशोरी सम्बाद केन्द्र लाई मिलाएर रोशनी किशोरी सम्बाद संजाल गठन गरिएको छ ।

Karaiya Mai Notice Winter


गठित संजालको कार्य समितिको संयोजकमा बबिता कुमारी राम,उप संयोजकमा ममता कुमारी राम,कोषा अध्यक्षमा मधु कुमारी राम,सचिवमा रोशनी कुमारी राम,सह सचिवमा रजनी कुमारी राम,सदस्यमा शान्ति कुमारी राम र मनिषा कुमारी राम रहेका छन् त्यसैगरी सल्लाहकारमा लक्ष्मी कुमारी राम र फुलवान्ती कुमारी राम रहेका छन् साथै विभिन्न उप समितिहरु पनि गठन गरिएको छ ।

 

क्षमता अभिबृद्वि उप समितिको संयोजकमा निशा कुमारी राम,खेलकुद तथा मनोरंजन उप समितिको संयोजकमा नन्दनी कुमारी राम,कोष अभिबृद्वि उप समितिको संयोजकमा लालमुनी कुमारी राम र पैरवी उप समितिको संयोजकामा आरती कुमारी राम चैन गरिएको किशोरी सम्बाद कार्यक्रमका फिल्ड सुपरभाइजर सुनेश्वर प्रसाद साहले जानकारी दिनु भएको हो ।
युरोपियन युनियनको आर्थिक सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था द्वारा चाइल्ड नेपाल एवम् संरक्षण नेपालको सहकार्यमा संचालित किशोरी सम्बाद कार्यक्रम अन्तरगत उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा किशोरी सम्बाद कार्यक्रमका कार्यालय प्रमुख भिम कुमार राइको बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
वडा भित्र छरिएर रहेका सम्बाद केन्द्रहरुको छाता संगठन बनाइ एकता कायम गरी संगठित बनाउने,समुदाय भित्र रहेका ब्यापक कुरीतिहरुको विरुद्ध शसक्त ढंगले अभियान संचालन गर्न गराउन लगायतका उदेश्यले सम्बाद संजाल गठन गरिएको कार्यक्रमका फिल्ड सुपरभाइजर सुनेश्वर प्रसाद साहले बताउनु भएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed