विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

राहत बितरण मा अनियमितताका आरोप स्थानियले गरे नगरपालीका मा तालाबनधी

सिम्रौन्गढ़ नपा psa

सैलेस गुप्ता ०३ बैसाख पोखरिया ः–

दिव्य युवा क्लब बिरञ्चीबर्वाको सहयोग तथा युकेएडको लगानीमा पोखरिया नगरपालिकामा वितरण भइरहेको राहत सामग्रीमा व्यापक अनियमितता भएको भन्दै स्थानीयले तालाबन्दी गरेका छन्। पोखरिया नगरपालिका वडा नं ६ श्रीसियाका दलितहरूले नगरपालिकाको कार्यालयमा पुगी तालाबन्दी गरेका हुन्। श्रीसिया गाउँबाट सयौंको सङ्ख्यामा आएका दलितहरूले चर्को नारा लगाउँदै कार्यालयमा पुगी तालाबन्दी गरेका थिए। प्रतिपरिवार १०३५० रुपियाँ बराबरको राहत सामग्री वितरण गरिंदै आएको छ। राहत सामग्रीमा चामल, दाल, तेल, प्याज, साबुन, आलु, पीठोलगायत अन्य खाद्यान्न छन्। दलितहरूको नेतृत्व वडाध्यक्ष सियानन्दप्रसाद चौहान, वडासदस्य मदनप्रसाद ठाकुर, लालपरी देवीले गरेका थिए। राहत सामग्री वितरणमा भेदभाव भएको उनीहरूको आरोप छ। नगरपालिकाका १० वटा वडाका दुई हजार घरधुरीलाई राहत सामग्री वितरण गर्ने योजना रहेको नगरपालिका कर्मचारीहरूको भनाइ छ।

karaiya holi 2082

Prasauni holi 2082

अहिलेसम्म १९४० घरधुरीमा वितरण भइसकेकोमा रानीगंजटोलका ६० वटा घरधुरीमा आज वितरण गरिरहेको भन्दै दलितहरूले विरोध गर्दै तालाबन्दी गरेका हुन्। श्रीसियाका दलित महिला अलिमा खातुनले भने हामीहरूको नाम सङ्कलन भएको तर पछि नाम हटाएको आरोप लगाइन्। सोबारे आफूहरूले पटक–पटक नगरप्रमुख, उपप्रमुख, नगरपालिकाका कर्मचारीलाई भने पनि कसैले कुरा नसुनेपछि तालाबन्दी गर्नुपरेको खातुनको भनाइ थियो। हाम्रो वडाबाट २६३ जनाको नाम लेखेर लगेको तर नगरपालिकाका पदाधिकारीहरूले नजीकका व्यक्ति तथा एकै घरका ३/४ जनालाई राहत सामग्री दिएको उनीहरूको भनाइ थियो।
यसैबीच, नगरपालिका कार्यालयमा लगाइएको तालाबन्दी वडाध्यक्ष लक्ष्मणसाह कानूको रोहबरमा प्रहरीले खोलेको थियो।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed