विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

विद्यालय व्यवस्थापन समिति काण्ड साजिस तथा कुटनैतिक रहेको : कुश्वाहा

सिम्रौन्गढ़ नपा psa

रमेश साह,

बाराको आदर्श कोतवाल गाउँ पालिका वार्ड :-१ चिउटाहामा रहेकोश्री राम चरित्र माध्यमिक बिधालयको विद्यालय व्यवस्थापन समितीमा प्रधानाध्यापक दिनेश प्रसाद साहले राजनीति तथा कुटनैतिक गरेको आरोप लगाइएको छ। बिधालय ब्यवस्थापन समितिमा निर्वाचनबाट निर्वाचित भएका सदस्य रुपेन्द्र प्रसाद कुश्वाहाले पत्रकार सम्मेलन गरि प्र.अ.साह माथि आरोप लगाएका छन। प्र.अ.साहले आफू खुशी मनोनीत गर्ने सदस्य र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष आफुले चुनेको र निर्वाचित सदस्यहरु लाइ जानकारी नै न गराएको समेत आरोप लागाएका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
karaiya holi 2082

माघ १२ गते निर्वाचित भएका सदस्यहरु लाइ पाखा लगाइ आफू खुशी निर्णय गरेको उपस्थिति पुस्तिकाको फोटोकपि माग्न जादा झुठो मुद्दाको आरोप लगाइ दुर्ववहार गरेको भन्दै प्रहरी संग समात्न लगाइ मुद्दा दर्ता गरेको समेत कुश्वाहाको आरोप रहेकोछ। आफू निर्वाचन बाट निर्वाचित भएकै कारण प्र. अ. ले सुरु देखि नै प्रमाणपत्र उपलब्ध नगराएको तथा सदस्यहरु संग कुनै सल्लाह नै नगरि समितिमा सदस्य थपने आफू खुशी नचुनिएकै ब्यक्ति लाइ नै अध्यक्ष पदमा मनोनीत गर्ने कार्य नियम सम्बत नभएको र बिरोध गर्दा आफुलाइ नियतबस प्र.अ. ले झुठो मुद्दा लगाइ फसाउन खोजेको कुश्वाहाले आरोप लगाए। आफू साधारण तारिकमा रिहा भएकोछु। समुदायमा रहेका अभिभावकको सहारामा झुटो आरोप लगाइएको दुर्ववहार मुद्दा छानबिन गरि आफू निर्दोष हुने समेत जानकारी गराए।

प्र.अ. दिनेश प्रसाद साहले निर्वाचित चारै जना पहिलो बैठकमा उपस्थित भइ खुशी सट्टासाट गर्दै निर्वाचन सफल भएको जानकारी गराए। दोस्रो, तेस्रो र चौथो पटक पनि चिठी पठाउदा निर्वाचित सदस्य रुपेन्द्र कुमार कुश्वाहा, पुनम देबी यादव, मनिजा शेखिन उपस्थिति नभएको र शिक्षक प्रतिनिधि, वार्ड अध्यक्ष र निर्वाचित सदस्य मुना पटेल कुर्मी लगाएतको उपस्थितिले चन्दा दाता सोनालाल पटेल शिक्षा प्रेमी चिन्ता देबी यादव लाई तेस्रो बैठकमा मनोनीत गरेको थियो, चौथो बैठकमा निर्वाचित चार मध्ये मुना पटेल कुर्मी मात्रै उपस्थिति रहेको र मनोनीत र सरोकारवाला सदस्यहरुको निर्णयले मुना पटेल कुर्मी लाई अध्यक्ष पदमा मनोनीत गरेको प्र. अ. साहले जानकारी गराएका छन। चैत २९ गते सदस्य कुश्वाहले उपस्थित पुस्तिका प्रक्रिया न पुर्याइ माग्न आउदा आफू दिन न मानेकोले कुश्वाहा संग वादविवाद भएको स्विकारे ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed