विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणबाट फर्केपछि दिप प्रज्जवलन

सिम्रौन्गढ़ नपा psa

रमेश साह, कलैया, बारा।

Karaiya Mai Notice Winter

पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणबाट फर्केपटि दिप प्रज्जवलन गरिएको छ । बाराको कलैया सदरमुकाम मुख्य चौकमा पुर्वराजा सर्मथकहरु शिवजि साह लगायतकाले दिप प्रज्जवलन गरि स्वागत गरेका थिए ।
झण्डै दुई साता भारतको विभिन्न ठाउमा भ्रमण गरि स्वदेश फर्केका पुर्वराजाको स्वागतमा दिप प्रज्जवलन गरिएको शिवजि साहले जानकारी गराएका छन् । उत्तराखण्डस्थित हरिद्वारको महाकुम्भ मेलामा आयोजक समितिका निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशनन्द गिरीले हिन्दू सम्राटको हैसियतमा सहभागि हुन निमन्त्रण पाएकोमा सोहि निमन्त्रणलाई स्विकार गरि पुर्वराजा साह भारत प्रस्थान गरेका सर्मथक साहले जानकारी गराए ।
दिपप्रज्जवल कार्यक्रममा पुर्वराजा सर्मथकहरु शिवजि साह, अयोध्या प्रसाद साह, असर्फी साह, शैलेन्द्र पुरेश ढकाल, रोसन मण्डल, उमेश ठाकुर लगायतको सहभागिता रहेको थियो ।
चैत्र २६ गते भारत भ्रमणमा रहका पुर्वराजा दिल्लीमा विशेष भेटघाट समेत गरेका थिए । हरिद्धारमा पुगी दक्षिणकाली देविको पुजा अर्चना गरेका थिए । साधुसन्तले स्वागत तथा सम्मान पनि गरेका थिए ।
हरिद्धारमा पुर्वराजा साह हजारौ साधुसन्तको बिचमा कुम्भ स्नान पनि गरेका थिए । रथारोहन गरि भारतको विभिन्न ठाउमा भ्रमण समेत गरेका थिए । पतञ्जली योगपीठमा गई बाबा रामदेव सँग ध्यान, योग र आयुर्वेद बारे बृहद छलफल गरेका थिए ।
विहिवार दिल्लीमा कोरोनाको परिक्षण गरि रिपोर्ट सफल भएपछि आईतवार स्वदेश फर्केका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed