

कलैया, बारा।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका भातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल कलैया उपमहानगर पालिका कमिटी गठन गरेकोछ। नेपाल कम्युनिस्ट पार्टी माओबदी केन्द्रको भातृ संगठन “संसारका क्रान्तिकारी युवा एक हौ” मुल नाराका साथ कमिटी गठन गरेको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र प्रदेश :-२ प्रदेश कमिटी सदस्य प्रभु यादवको प्रमुख आतिथ्यतामा योङ कम्युनिस्ट लिग नेपाल कलैया उपमहानगर पालिका युवा कमिटी ५५ सदस्य रहने गरि कमिटी घोष्णा गरेकोछ। 




योङ कम्युनिस्ट लिग नेपाल कलैया उपमहानगर इन्चार्ज रोशन रौनियार अध्यक्षमा समि अखतर बाबू,उपाध्यक्ष रमोद प्रसाद यादव,संतोष साह,सचिव कनाही पटेल,सह सचिव इ. अजित कर्ण,सागर गुप्ता,सदाम हुसैन लगाएतका सदस्य गठ्न भएका थिए।नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्रका भातृ संगठन योग कम्युनिस्ट लिग का कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५७ जनाले पार्टी प्रबेश गरेका थिए।
कार्यक्रममा बिशिस्ट अतिथी योग कम्युनिस्ट लिग बारा का इन्चार्ज देवशरन साह, योग कम्युनिस्ट लिग बारा जिल्ला संयोजक अमृत शर्मा अतिथी बारा जिल्ला कमिटी सदस्य मुकेश साह, हसनजान अंसारी, रमेश साह, जलावदिन मंसुर, मिना सिंह, आबिद हुसैन, उमेश यादव लगाएतका उपस्थिति रहेको कार्यक्रममा योग कम्युनिस्ट लिग बारा क्षेत्र :-३ इन्चार्ज अबुलेश अंसारी स्वागत मन्तव्य गरेका थिए।





