CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पूलको शिलान्यास भएकोमा आफू महाभारतको युद्ध जितेको महसुस : राज्य मंत्री यादव

फेटा GP PSA
545
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।
तियर नदीपूलको शिलान्याशले जसपा लाइ जस पाउने भएको छ। तियर नदिको शिलान्यासले जनता उत्साहित भएका छन् । प्रदेश सरकार, भौतिक पुर्वाधार विकास मन्त्रालय मार्फत करैयामाइ गापा वार्ड न.८ इटहर र बेलाहीको बीचमा पर्ने तियर नदीको शिलान्यास उक्त वडा अध्यक्ष सुरेन्द्र प्रसाद साहको अध्यक्षता तथा संघीय सांसद रामसहाय यादवको प्रमुख आतिथ्यता एवं अर्थ राज्य मंत्री उषा यादवको विशिस्ट आतिथ्यतामा शिलान्यास गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बेलाही क्षेत्र त्यस पालिकाको एउटा टापुको रुपमा रहेको छ। वर्षातको मौसममा बेलाहिको चारै तर्फ बाट पानी नै पानीको जमाव हुने भएकोले खेतमा लगाइएको बालीनाली करिबन १०० बिघा कटान गरि नस्ट हुने गर्दछ। यतिकै मात्र हैन बरु कुनै बाटो नभएकोले उपचारका लागी त्यतिकै ज्यान समेत गुमाउने बाध्यता हुने गर्दछ। खास गरेर प्रसुतिका बिरामीहरुले आफ्नो ज्यान गुमाउने गरेको स्थानीयहरुले आफ्नो ब्यथा पोख्ने गर्दछन। भोटको समयमा नेताहरुले ठुला ठुला बाचा तथा कृया समेत खाए तापनि केही पूरा गर्न नसकेकोले जनता निराश भएका थिए।

Karaiya Mai Notice Winter

स्थानीय पारस प्रसाद चौधरीका अनुसार हरेक वर्षातको मौसममा तीन चार जनाले बाटोको अभावमा ज्यान गुमाउनु पर्छ। स्थानीयहरुको अनुसार फोहरी राजनीतिक खेलका कारण उक्त ठाउको विकास हुन नसकेको हो। उसको पालामा बिकास हुन्छ भने मेरो नाम चल्दैन भनेर एक अर्काको बिकासमा बाधक बन्दै आएका कारण त्यहाका सर्वसाधारणले सास्ती खेप्दै आयेका छन्। शिलान्यास त भयो तर आज पनि बन्छ भन्ने बारेमा सर्वसाधारणले विश्वास नरहेको आ-आफ्ना धारणा राखेका छन्। त्यस्तै वर्षातको मौसममा विहेवारी पनि पुर्ण प्रभावित हुनेगरेको स्थानीयहरुले बताए। करिब ५०० घरधुरी भएको उक्त क्षेत्रमा अन्दाजी १५०० जना भोटर रहेकोले हरे राजनीतिक व्यक्तिले आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्ने एउटा साधनको रूपमा मात्र प्रयोग गर्दै आएका थिए।

शिलान्यास पश्चात् एक शिलान्यास कार्यक्रममा उक्त पुल निर्माणकार्यमा केकस्तो र कस्को भुमिका रहेको बारेमा चर्चा परिचर्चा गरिएको थियो। सोही क्रममा कार्यक्रममा उपस्थित भएकाहरु लाई जसपाका जियालाल यादवले स्वागत गर्दै शिलान्यास भएको प्रति खुशी व्यक्त गर्नुको साथै सफलताको शुभकामना व्यक्त गरेका थिए। आफ्नो धारणा राख्ने क्रममा विशिष्ट अतिथिका रुपमा रहेका प्रदेश न.२का अर्थ राज्य मंत्री यादवले भने यो पूलको शिलान्यास भएकोमा आफू महाभारतको युद्ध जितेको महसुस भएको बताए। यो पूलको निर्माणमा राजनीतिक दावपेच यति थियो कि भन्न लाई शब्द कम परि हाल्छ। उनी यहाँ सम्म भ्निन कि शिलान्यासको पुर्व राती सम्म लडाइ लड्नु परेको छ। तर आउने दिनमा पनि सर्वसाधारण लाई सचेत गर्दै भने कि कुनै प्रकारको समस्या उत्पन्न भए त्यो तपाइको विकासको बाधक तवाले तपाइको जीवन संग खेलवाड गरि रहेको कुरा वाट जहिले पनि सतर्क रहन लाई आग्रह समेत गरेका थिए। आउने दिनमा पनि आफू बाट हुने सहयोग हामी गर्ने छौ, यसमा मेरो केही छैन, तपाईं लाई मैले दिएको बाचामात्र पूरा अगरेको छु। र अझ पनि केही परिश्रम हामी सबैलाई गर्नु पर्छ पछाडि हट्नु पर्दैन र हट्ने पनि छैन।

त्यसै क्रममा प्रमुख अतिथी संघीय सांसद यादवले पनि उक्त छेत्रको विकास हुन्छ अब कसैले कुनै प्रकारको षड्यन्त्र गरेमा तपाईं आफ्नो समाजमा आफै सजग बस्न लाई आग्रह गरेका छन्। मैले आफ्नो कार्य पनि गरि रहेको छु जुन तपाईंको अधिकारको कुराहो। हालको सरकार संघीयता बिरोधि र राष्ट्र घातक भएकोले देशको जनता बारे कुनै सोच बिचार नगरी आफ्नो कुर्सी बचाउने खेलमा रहेको छ। अन्तमा कार्यक्रम लाई समापन गर्दै कार्यक्रमका अध्यक्ष साहले आफ्नो गाउको बारेमा नाम नखोली निकैनै दर्दनाक र लज्जास्पद घट्ना बताए। उक्त पुलको निर्माण हेतु एक जना गरि संग एक लाख रुपैयाँ लिएर एक जना नेताले खाइ दिएको तर कुनै चासो नलिएकोमा आज सम्म त्यो गरिबले त्यो एक लाख रुपैयाँको ब्याज तिर्न बाध्य भएका छन्। तर आजको यस शिलान्यास भएको कार्यले निकै नै उत्साह र खुशी भएको एवं गौर्वान्वित भएको बताए। आउदो दिनमा पनि यसतै तपाइको साथ र सहयोग रहने आशा र विश्वास राख्दै संघीय सांसद तथा प्रदेश सांसद एवं आफ्ना पालिका लाई स:धन्यवाद ज्ञापन गरेका थिए। आफ्नो बानी लाई विराम दिनु पहिला विनम्र आग्रह गर्दै भने सबै सरकार संग कि एउटा यस ठाउँका जनताको जीवन यापन गर्नलाइ एउटा नहरको निर्माण गराइ दिनु तपाइको यहाँका जनता सधैको लागि अभारी हुनेछ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश