CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एक हजारको अक्सिमिटरलाई ३२ सय, निषेधाज्ञामा कालोबजारी

फेटा GP PSA
545
सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम ।

निषेधाज्ञामा अत्यावश्यकबाहेकका सेवा बन्द छन् । तर, कतिपयलाई यही मौकामा अत्यावश्यकीय सेवाको कालो बजारीको बाटो खुलेको छ। यसको ताजा उदाहरण धनुषामा अक्सिजन लेवल मापन गरिने ‘अक्सिमिटर’ मा व्यापारीले असुलिरहेको चर्को मूल्य हो। नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र गतिमा बढेसँगै देशका अधिकांश जिल्लामा अहिले लकडाउन लागू गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जनकपुरस्थित प्रादेशिक अस्पताल अगाडी रहेको सरोज सर्जिकल सप्लायर्सले १ हजार पर्ने अक्सिमिटर ३२ सयमा बिक्री गरिरहेका छन्। उक्त सप्लायर्सले पत्रकार सुरेन्द्र यादवलाई सो रकममा अक्सिमिटर बेचेको हो। आफू ठगिएको शंका लागेपछि यादवले अन्य औषधी पसलमा मूल्य सोधेका थिए।

‘३२ सयमा खरिद गरेको अक्सिमिटरको वास्तविक भाउ एक हजारमात्र परेको थाहा लागेपछि आश्चर्य लाग्यो। तर, किनिसकेपछि फिर्ता गर्न गइनँ। राखेको छु। बिल दिन नमानेका कारण पनि धेरै बढी पैसा लिएको शंका लाग्यो’ उनले नेपाल प्रेससँग भनेकुरा सार्वजनिक हुदा डरले बिल नदिएको रहेछ ।’ उनले बढी मूल्य लिएर सामान बेच्ने त्यस्ता पसलेलाई अनुगमन गरी कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

Karaiya Mai Notice Winter

फार्मेसी संचालक सरोज यादवले ३२ सयमा अक्सिमिटर बिक्री गरेको स्वीकारे। बजार भाउ एक हजार रहेको जिज्ञासामा उनले भने, ‘हजार रुपैयाँ त होइन्, १२ सय सम्ममा खरिद गरेको छु। यो पहिलेको रेट हो। पछिल्लो समय १८ सयमा खरिद गरेको थिएँ। तर मौज्दात पनि सकिसक्यो। अहिले बाहिरबाट ल्याउनुपर्दा ३५ सयसम्ममा बेच्नुपर्छ । बेच्छु ।’

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बढी मूल्य लिएर सामान बिक्री गर्नु गलत भएको बताए । ‘निषेधाज्ञामा यसरी महँगो मुल्यमा स्वास्थ्य सामग्री बेच्नु कालोबजारी हो । यस्तालाई कारवाही हुनुपर्छ ’, उनले भने ।

कालोबजारी हुन नदिन जिल्ला प्रशासन कार्यालय धनुषाले निर्णय त गरेको छ । तर, निर्णय कागजमै सीमित बनेको छ । बजारमा अनुगमन भइरहेको छैन । सम्पर्क गर्न खोज्दा सीडीओ बन्धुप्रसाद बास्तोला फोन उठेन ।

साभार : नेपाल प्रेस 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश