विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भ्वाईस अफ बाराको निशुल्क मास्क बैंक सुरु

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

भ्वाईस अफ बाराले निशुल्क मास्क बैंक सञ्चालनमा ल्याएको छ । कोरोनाबाट बच्न मास्क अनिवार्य भएकोले भ्वाईस अफ बाराले निशुल्क मास्क बैंक सञ्चालन गरेको हो। जनचेताको कमिले पनि महामारीको रुप लिदै गएको अर्थात कोरोनाबाट बच्न सर्वसधारणले मास्क नलगाउने गरेका भेटिन्छ । केहि दिन पहिला जिल्ला प्रहरी कार्यलयले मास्क नलगाएकोहरु लाई कारवहि गर्ने अभियान नै चलाएका थिए। मास्क नलगाउने लाई प्रहरीले एक सय जरिवाना पनि तिराउने गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जिल्लाको परिवेश बुझि भ्वाईस अफ बाराले अभियान नै सञ्चालन गरेको छ। भ्वाईस अफ बाराले कलैया उपमहानगरपलिकाको नेपाल टेलिकम, केशर स्विटस, सिदार्थ स्विटस, गुप्ता पेट्रोल पम्प र बघवनमा निशुल्क मास्क बैकको स्थापना गरेको भ्वाईस अफ बाराका सचिव अमित गुप्ताले जानकारी गराएका छन्। अगामी दिनमा आवश्यकता हेरि अरु ठाउमा पनि यो अभियान सञ्चालन गर्ने लक्ष्य लिएको गुप्ताले बताए। मास्क वितरण गरि कसैको आवश्यकता भन्दा पनि बानी बसाल्नका लागि भ्याईस अफ बाराले सानो प्रयास गरेको बताए ।

कोरोनाको चेन भाच्नका लागि पहिलो कडि नै आफु सुरक्षित भए मात्र आफनो परिवार, समाज सुरक्षित गर्न सक्ने गुप्ताले बताए । भ्वाईस अफ बाराको आयोजनामा सञ्चालन गरिएको निशुल्क मास्क बैकमा ल्यान्स क्लब, बारा उधोग बाणिज्य संघ, मरवाडि सेवा समिती र जिवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको छ । निशुल्क मास्क बैकको उदघाटन महम्मद समिरले गरेका थिए ।

कार्यक्रममा लायन्स क्लबका अध्यक्ष दिलिप चौधरी,मरवाडि सेवा समितिका महासचिव भरत अग्रवाल, सदस्य मनोज पोद्धार, जिवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष नबिन अग्रवाल, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह भ्वाइस अफ बाराका अध्यक्ष महम्मद शाहिद राजा, सचिव अमित गुप्ता, सदस्य सँदिप केसरी लगायतको उपस्थिती रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed