विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

निम्बस ग्रुप बिरगंजद्वारा २५ सय पिस माक्स र २० लिटर सेनिटाईजर सामुदायिक सेवा केन्द्र लाई हस्तान्तरण

सिम्रौन्गढ़ नपा psa

सुनिल श्रेष्ठ, बिरगंज।

हाल बिश्वमा महामारीको रुपमा फैली रहेको कोभिड -१९ कोरोना भाईरसलाई मध्य नजर गर्दै कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि निम्बस ग्रुप बिरगंज पर्साको विशेष सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२ पर्सालाई २५ सय पिस माक्र्स र २० लिटर सेनिटाईजर हस्तान्तरण गर्नु भएको सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी दिनु भयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

त्यसैगरि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्सा र राईजिङ्ग बिरगंज नेपालको पहलमा आज श्रीराम हल अगाडि प्रहरी बिट , सामुदायिक सेवा केन्द्र अफिस अगाडि र ईदगाह चौकमा बाटोमा माक्स नलगाई हिडनेहरुलाई निसुल्क माक्स बितरण र हातमा सेनिटाईजर छर्कने काम भएको थियो ।यो कार्य निरन्तर हुने र सामुदायिक सेवा केन्द्रलाई निम्बस ग्रुपले ३ पिस आक्सीमिटर र ३ पिस जरो नप्ने थर्मामिटर सहयोग गर्ने भएको हुदा कसैले आफ्नो ज्वरो नाप्न र अक्सिजनको मात्रा थाहा पाउन सामुदायिक सेवा केन्द्र वा प्रहरी बिट छपकैयामा सम्पर्क गर्न समेत अध्यक्ष ठकुराईले जानकारी दिनु भयो।

आज मंगलवार बिहान ७ :०० बजेदेखि ८ :०० सम्म १ घन्टा माक्स बितरण गरिएको थियो । सामुदायिक सेवा केन्द्र छपकैया -२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको नेतुत्वमा माक्स बितरण भएको थियो । सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिब प्रबीण बिक्रम शाह , कोषाध्यक्ष प्रेमा सिंह , सदस्य अजित कुमार भुजेल , राईजिङ्ग बिरगंज नेपालका आरजु खान , ईमामुल हक , ज्याउल हक , सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२ का प्रहरी सहायक निरीक्षक गोबिन्द राय यादव , प्रहरी हवल्दार सैलेन्द्र प्रसाद यादव , प्रहरी जवान राजकुमार तामाङ लगायतको उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed