विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ज्यालादारी मजदुरहरू लाइ स्थानीय युवाद्वारा खाना बितरण : सरकार लाइ सचेत

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा स्थानिय युवाहरुले लागेका छन्। बिरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लीका सक्रिय युवा समुह तथा सानो पाइला द्वारा आज पनि दोस्रो दिन ज्यालादारी/मजदुरी र कोठा भाडामा बसेका गरिब अति बिपन्न परिवार लाइ खाना बितरण गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बढ्दै गएको निशेधाज्ञाका कारण गरिब र अति बिपन्न परिवार लाइ समस्या देखे पछी स्थानीय युवाहरू खाना बितरण कार्य सुरू गरेका हुन एवं यो सेवा एक महिना सम्म वितरण गर्ने जनाएका छन्। नपुंसक सरकार लाइ जनताको कुनै मोह नरहेकोले आफ्नो सत्ताको खेल खेल्नमा मात्र व्यस्त रहेको आरोप लगाउदै उक्त कदम चालिएको युवा हरुले जनाएका छन्।

Karaiya Mai Notice Winter

कोभिडको मारमा परेका लाइ खादान सामग्री घरमै पुगि बितरण गरिएको स्थानीय अनिल ओझाले जनाएका हुन्। आज दोश्रो दिन पैकेट खाना बितरण गरिएको युवा ओझाले बताउनु भयो । ओझाको अनुसार यस कार्यमा स्थानीय युवा प्रमोद मण्डल, अनिल महतो, सुरेन्द्र साह, नवल किशोर साह लगायतका युवा समुहले सहयोग गर्ने गरेका छन्। अगामी दिनमा पनि यस्तै कठपुताली सरकारको भर नपरी सेवाको कार्यमा जुटिराख्ने स्थानीय युवाहरूले बताएका छन। 

युवाहरुले हरेक सरकारको बारेमा कमि कमजोरीको बारेमा औल्याउदै भनी गरेका छन् कि यस्तै गति बिधि रही रह्यो भने आउने १० वर्षमा घर-घरमा रहेका नेताहरुले आफै आफ्नै समाजमा काटमार गरि ग्रिह युद्धको निकै ठुलो दुर्घटना नेपाल सरकार लाइ निम्त्याउनु पर्छ भने सचेत पनि गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed