CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया सिटि जेसिसद्वारा परोपकारी चुल्हो बाल्ने अभियान

फेटा GP PSA
689
सिम्रौन्गढ़ नपा psa

मानिकचन साह, कलैया, बारा।

कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आज दोस्रो दिन पनि जारी रहेकोे छ। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा कलैया सिटि जेसिसले लागेका छन्। ज्यालादारी/मजदुरी र कोठा भाडामा बसेका गरिब अति बिपन्न परिवार लाइ खाद्यान्न सामग्री बितरण गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विश्वमा कोभिड-१९ को महामारिले सम्पुर्ण समाज नै अक्रान्त भएको विषम परिस्थितीमा दैनिक रूपमा ज्यालादारी गरीखाने मान्छेहरु लाई घरमा चुल्हो बलेको छैन भने उहाँहरुको घरमा चुल्हो बलोस भनेर  राहत स्वरुप खाद्यान्न  समाग्री वितरण गरिएको हो। उक्त अभियान अन्तर्गत कलैया उपमहानगरपालिका भित्र रहेका कोरोना भाइरसबाट प्रभावित अति विपन्न, गरीब, असहाय घरपरिवार लाई आज एक कार्यक्रमका बिच चुल्हो बाल्नको लागि केहि राहत सामग्रीहरु हस्तान्तरण गरिएको छ।

कलैया सिटि जेसिस सन २०२१ का अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षतमा भएको उक्त कार्यक्रममा १६ जना अति विपन्न, गरीब, असहाय घरपरिवार लाई चामल १० केजी, दाल १ केजी, नुन १ प्याकेट, आलु २केजी, सोयाबिन ५०० ग्राम, खाने तेल १ प्याकेट, नुहाउने साबुन १ पिसको पाकेट वितरण गरिएको थियो।

उक्त कार्यक्रममा शाखाका अध्यक्ष जेसी शभ्भु गुप्ता, नि. अध्यक्ष जेसी विपिन चौधरी, महासचिव जेसी पवन कुश्वाहा, त्यसैगरी मिडिया संयोजक जेसी मानिकचन साह, कोषाध्यक्ष जेसी सुबास जैसवाल, उपाध्यक्ष जेसी सन्दिप साह, आजीवन सदस्य जेसी बैजु दास, पुर्व उपाध्यक्ष जेसी राजेश महतो, बोर्ड सलाहकार जेसी अनिल कुशवाहा, सदस्यहरू जेसी सुरेन्द्र साह, जेसी रोशन श्रीवास्तव, जेसी अंकुश बायाहुत, जेसी अर्जुन गुप्ता लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजक जेसी अनिल कुशवाहाले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश