विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

दिन दु:खीको चुल्हो बाल्नेर सरकारहरु लाई कलैया सिटि जेसिसले पाठ सिकाउदै

सिम्रौन्गढ़ नपा psa

मानिकचन साह, कलैया, बारा।
कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आज चौथो दिन पनि जारी राखेको छ। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा कलैया सिटि जेसिसले लागेका छन्। सरकारले जनता बाट उठाएको कर बापत सेवा सुबिधा दिनु पर्ने भए तापनि आफ्नो निजि स्वार्थमा निहित भएर सत्ताको लोलुप्तामा जनताले रगतपसिना बगाएर कमाएको रकममा मौज मस्ती गर्नमा मात्र व्यस्त रहेकोले कलैया सिटि जेसिसले खाद्यान्न सामग्री बितरण गरी जनता प्रति समर्पित हुन पाठ सिकाएका छन् ।

विश्वमा कोभिड-१९ को महामारिले सम्पुर्ण समाज नै अक्रान्त भएको विषम परिस्थितीमा दैनिक रूपमा ज्यालादारी गरीखानेहरु लाई घरमा चुल्हो बलेको छैन भने उहाँहरुको घरमा चुल्हो बलोस भनेर राहत स्वरुप खाद्यान्न समाग्री वितरण गरिएको हो। उक्त अभियान अन्तर्गत कलैया उपमहानगरपालिकाभित्र रहेका कोरोना भाइरसबाट प्रभावित अति विपन्न, गरीब, असहाय घरपरिवार लाई आज एक कार्यक्रमका बिच चुल्हो बाल्नको लागि केहि राहत स्वरुप राहत सामग्रीहरु हस्तान्तरण गरेका छन्।

karaiya holi 2082

कलैया सिटि जेसिस सन २०२१ का अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षतमा भएको उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका वडा न. ३ लगायत अन्य स्थान गरि २९ जना अति विपन्न, गरीब, असहाय घरपरिवारलाई चामल १० केजी, दाल १ केजी, नुन १ प्याकेट, आलु २केजी, सोयाबिन ५०० ग्राम, खाने तेल १ प्याकेट, नुहाउने साबुन १ पिसको पाकेट वितरण गरिएको थियो।

Prasauni holi 2082

उक्त कार्यक्रममा शाखाका अध्यक्ष जेसी शभ्भु गुप्ता, नि. अध्यक्ष जेसी विपिन चौधरी, महासचिव जेसी पवन कुश्वाहा, त्यसैगरी मिडिया संयोजक जेसी मानिकचन साह, कोषाध्यक्ष जेसी सुबास जैसवाल, उपाध्यक्ष जेसी सन्दिप साह, आजीवन सदस्य जेसी बैजु दास, पुर्व उपाध्यक्ष जेसी राजेश महतो, बोर्ड सलाहकार जेसी अनिल कुशवाहा, सदस्यहरू जेसी सुरेन्द्र साह, जेसी रोशन श्रीवास्तव, जेसी अंकुश बायाहुत, जेसी अर्जुन गुप्ता लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजक जेसी अनिल कुशवाहाले गरेका थिए ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed