CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

खेलाडी दासको मुद्दा अझै ओझेलमा, सरकार नै गैर जिम्मेवार

फेटा GP PSA
595
सिम्रौन्गढ़ नपा psa

अखिलेश यादव, रौतहट । रौतहटको गौरमा १० वर्ष अघिको एउटा हत्याकाण्ड, जसको पिडा अझै ताजै छ । हत्यामा संलग्नको अझै पत्ता लागेको छैन भने नेपाल सरकारले दिने भनिएको राहत पनि पाएको छैन ।

सदरमुकाम गौर स्थित जिल्ला अदालतको सडकमा मिलनकेन्द्र नजिकै २०६८ असार २३ गते अन्तराष्ट्रिय कुश्ती खेलाडी उपेन्द्र दास बैरागीको गोली हानी हत्या गरिएको थियो । राति सवा आठ बजे लोडसेडिङको मोका छोपी उनीमाथि अन्जान व्यक्तिले गोली प्रहार गरेका थिए । बैरागीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपालमा सन १९९९ मा भएको आठौं साफ खेलकुद कुश्ती खेलमा कास्यपदक जितेका बैरागीलाई सरकारले गोरखा दक्षिणबाहु पुरस्कारबाट सम्मान गरेको थियो । बैरागीले पाएका ती पदक र प्रशंसापत्रहरु अझै पनि परिवारजनले सुरक्षित राखेका छन् । खेलाडी परिवारले राखेका यी सामग्री अभिभावक सम्झाउने र घटना ताजा बनाइराख्ने प्रमाण बनेको छ ।

खेलाडीको मृत्यु पच्छयात त्यतिबेला धेरै प्रदर्शन पनि भएका थिए । मृतकलाई शहिद घोषणा गर्ने र क्षतिपूर्ति दिने भनेर सरकारले प्रतिवद्धता जनाए पनि १० वर्षको अवधिमा पनि पाउन सकेको छैन् ।

Karaiya Mai Notice Winter

हत्याको आरोपमा गोनाही ४ का जगरनाथ राय यादव र सर्फलाल महतो पक्राउ परेका थिए तर उनीहरुको संलग्नता नदेखिएको भन्दै प्रहरीले रिहा गरेको थियो । प्रहरीले घटनाको राम्ररी अनुसन्धान नगरेको र हत्यामा बिधुत विभाग, प्रशासन र अस्पताल समेत जिम्मेवार रहेको परिवारजनको आरोप छ ।

‘बुवा गुमाएको १० वर्ष भयो, हामी बेसहरा बनेका छौं । न हत्यारा पत्ता लगाएर कारबाही गर्यो, नत शहिद घोषणा र राहत समेत पाउन सकेका छैनन,’ बैरागीका कान्छो छोरा प्रेम यादवले भने। दश वर्ष देखि नेताहरु र मन्त्रालयमा गुहार लगाउँदा पनि सरकारले कुनै चासो नदिएको उनको भनाई छ ।

उनका अनुसार २०६२ असार २३ गते बेलुकी ८ः२० मिनेट देखि ८ः३० सम्म लोडसेडिङ भएको थियो र यसै बिच हत्याराले मौका छोपी गोली प्रहार गरेको थियो । जिल्ला अदालत नजिक सधैं झै बस्ने प्रहरी टोली पनि त्यो दिन न रहेको उनले बताए । सँगै जिल्ला अस्पतालमा उपचारका लागि लग्दा डाक्टर पनि रहेका थिएन्न भने समय बिताउदाँ जादाँ पछि अक्सिजन नभएको अवश्था स्रिजना गरि पछि गएर डाक्टरले बैरागीको मृत्यु भएको पुष्टि गरेको थियो । यस घटनामा संलग्नहरुको निस्पक्ष छानबिन गर्नुपर्ने खेलाडीका कान्छो छोरा प्रेम यादवले बताए ।

खेलाडी देशको गहना भने पनि खेलाडीका परिवार अन्यायमा परेको वर्षौ बितिसक्दा पनि राज्यले केही गर्न नसकेको बैरागीका पत्नी रामकुमारी यादवले भनिन् । दुर्घटनामा मृत्यु भएका व्यक्ति समेत पहुँचकै आधारमा सजिलै शहिद घोषणा हुने तर देशको लागि जीवन बिताउने खेलाडीलाई भने अझै शहीद घोषणा नगरिएको र परिवारलाई राहतको व्यवस्था हुन नसकेको रामकुमारी यादवले बताएकी छिन् ।

अर्थ मन्त्रालयले २०७२/०१/२२ मा पत्रचार गर्दै खेलाडी बैरागीले खेल क्षेत्रमा गरेको योगदानको कदर गर्दै शहिद घोषणा सहित परिवारको भरण पोषणको लागि १० लाख रुपैयाँ उपलब्ध गराउन युवा तथा खेलकुद मन्त्रालय सँग प्रक्रिया पुरा गर्न माँग गरेको थियो । तर त्यस पछि कुनै पक्रिया अगाडी बढेको छैन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश