CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अदालतको निर्णय खिल्ली उडाउदै न्यायिक समिति

फेटा GP PSA
445
सिम्रौन्गढ़ नपा psa

रमेश साह, कलैया, बारा।

कुनै पनि देशको कुनै समस्या बाट निकासको आसाको किरण    रहेको हुन्छ अर्थात हरेक देशको सर्वोपरि अदालत नै हुन्छ तर करैयामाई गापामा अदालतले गरेको निर्णय न्यायिक समितिले बदर गरेको छ । अदालतले गरेको निर्णय नमानी खिल्ली उडाउदै गापाले देशको तेस्रो अंगको नै बेवास्ता गरी सिङ्गो राष्ट्रको कानुनको खिल्ली उडाएका छन्।  गाउपालिकाले अदालत लाई मजाक बनाए पछि पिडितले पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अदालतले २०६२ जेष्ठ २० करैयामाई गाउपालिका साविक वडा नम्वर ३ बजनीका बैधनाथ यादवले गरेको जग्गा विवादको मुद्धामा सुनवाई गर्दै एक फिटको नाला विपक्षी लालमुनिया यादवको जग्गाबाट नाला निमार्ण गर्ने निर्णय गरेको थियो । पिडित न्याय माग्न जाहा गए न्याय नपाएपछि पत्रकार सम्मेलन गरेका छन् । जनप्रतिनिधि चुनाव जितेर आएपछि अदालतले गरेको निर्णय आफुले नमान्ने न्यायिक समितिले गरेको निर्णय मात्र मान्य हुने न्यायिक समितिका समयोज चित्रलेखा चौभरीले बताउने गरेको पिडित यादव बताउछन ।

आफनो जग्गाको कित्ता नम्वर १४० को ६ कठामा गत वर्ष आफनो लगानिमा बोरिङ्ग जडान गरे पनि विपक्षी लालमुनिय यादवका छोरा विनोद यादवले गाउपालिकाको बजेटबाट बोडिङ्ग जडान गरेको भनि विवाद सृजना गर्ने गरेको पिडितले पत्रकार सम्मेलनमा बताए । गाउपालिकाकोे बजेटबाट बोरिङ्ग जडान गरेको हो भने कागजात हेर्न माग्दा वडाध्यक्ष देवेन्द्र केशरीले कागजात छैन जाहा खोज्नु छ खोज भनेर हप्काउने काम मात्र गर्छन । गाउपालिकामा गएर विरेन्द्र महतोसँग बुझदा फर्जी बोरिङ्ग जडान गरेको कागजत दिए । त्यसमा गाउपालिकाको अध्यक्ष भुवनेश्वर धामीको हस्ताक्षर फर्जि रहेको स्वयम गाउपालिका अध्यक्षले बताएको पत्रकार सम्मेलनमा यादवले बताए ।

गत वर्ष निमित्त महतो र वडाध्यक्ष केशरी र विनोद यादव मिलि धेरै अनियमितता गरेकोले महतोको खाता समेत कोष तथा लेखा नियन्त्रणले रोकेको थियो । कोहि अधिकृत आउदा गाउपालिकामा बस्नै नदिने आरोप समेत लाग्दै आएको छ ।
वडाध्यक्ष यादवले वडाको विकासको बजेटले आफनो खेतको आलि माटोले पुरी पाँच लाख ब्रहमलुट समेत गरेको पत्रकार सम्मेलनमा यादवले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश