विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ठगी गरेको आरोपमा नेकपा माओवादी केन्द्र पर्साले गर्‍यो रामबाबु बैठामाथि कारवाही

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा ।

आम जनतालाई ठगी गरेको आरोपमा नेकपा माओवादी केन्द्र पर्साले गर्‍यो रामबाबु बैठामाथि कारवाहीको सिफारिस गरेको छ । पार्टीको संधर्ष, बलिदानी, भविष्य र जनताको हितको खयाल गर्दै, रामबाबु बैठा जस्ता पात्रलाई तत्काल कारवाही गर्ने र आउने दिनमा पनि कुनै जिम्मेवारीमा नराखिदिन जोडदार माग गर्दै नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) पर्साले पार्टी केन्द्रलाई सिफारिस गरेको छ। नारायण काजी श्रेष्ठ, विश्वनाथ साह, गिरिराजमणि पोख्रेल जस्ता पार्टीका वरिष्ठ नेताहरुको नाम लिएर काम गाराइदिने भन्दै आम जनता , शिक्षक , युवा इत्यादि लाई ठग्दै पैसा लिएको आरोपमा केही समय अगाडि बैठा करिब ४ महिना जेल बसेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सिफारिसमा उल्लेख भए अनुसार , रौतहटका प्रदिपकुमार साहलाई जागिर लगाइदिने भन्दै बैठाले ७ लाख घुस लिएका थिए । आफ्नो पहुच नेता नारायण काजी श्रेष्ठ, विश्वनाथ साह सम्म रहेको र निजहरु संग निकटतम सम्बन्ध रहेकोले कामको लागि आफ्नो निरन्तर सम्वाद भईरहेकोले निज नेताहरु कै कोटामा राख्ने गरी असई बनाउने आश्वासन दिदै बैठाले ठगेका कुरा पीडितले जानकारी गराए। करिब ४ महिना जेल बसेपछि पीडितलाई ब्याज सहित सम्पूर्ण पैसा फिर्ता गरेर मुद्दा छिनोफानो भएको थियो।

जेलमा हुदा नै पर्साका केही शिक्षकहरुले आफुहरु बाट कुल १० लाख रुपैया उठाएर तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको नाम लिएर इच्छा अनुसारको दरबन्दी मिलाइ दिने आशवासन दिएका रामबाबुले काम गराउन नसकेको भन्दै प्रहरीमा निवेदन दिए। ती शिक्षकहरु लाइ सम्पूर्ण रकम चेक मार्फत फिर्ता भए पछि शिक्षकहरुले अगाडिको कार्वाही गरेनन् । श्रोतका अनुसार लामो समयदेखि रामबाबू बैठा जिल्लाका विभिन्न शैक्षिक संस्थाहरु बाट पनि रकम वसुल्ने, ठग्ने जस्ता क्रियाकलापमा रहिआएका छन् । जिल्ला कार्यसमितिले गरेको यस सिफारिस लाई आमजनमनसले निकै साहासिक र सकारात्मक कदमको सुरुवात भएको भनेर बुझेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed