CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उधोग वाणिज्य सँघको सभाहलमा सहयोगी फुटवल क्लबको एक कार्यक्रमको बिच विमोचन

फेटा GP PSA
470
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

बारामा सहयोगी फुटवल क्लबको एक कार्यक्रमको बिच विमोचन गरिएको छ । कलैयाको ५० वर्ष पुरानो सहयोगी फुटवल क्लबले शनिवार पुर्णता पाएको छ। उधोग वाणिज्य सँघको सभाहलमा अखिल नेपाल फुटवल सँघ प्रदेश २ का अध्यक्ष नेपाल कार्कीले क्लबको विमोचन गर्दै फुटवल क्लबको विकासले देशको पहिचान हुने भएकोले खेल प्रति ईमान्दर भएर लाग्नु परेको बताए। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा माओवादी केन्द्रका युवा नेता मुकेश साहले ५० वर्ष पुरानो क्लब अहिले आएर पुर्णता पाउनु खुशिको खवर भएको बताए। पुस्ताले जोगाएर ल्याएको क्लबलाई निष्पक्ष भएर लाग्दा क्लब निरन्तर चल्ने बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

खेलकुदमा बजेट प्रयाप्त भएपनि खेलाडीहरुमा लगानी नगर्दा खेलाडि पलायन हुने गरेको उनले बताए। स्थानिय तह कमिशनको लोभमा परेकोले खेलकुदको विकास नभएको आरोप लगाए। स्थानिय तहले मेयर उपमेयर, वडाध्यक्ष कप गराउदा ५० प्रतिशत कमिशन माग्दा खेलको विकास हुन नसकेको बताए। विनोद गुप्ताको अध्यक्षतामा बिपिन चौधरी उपाध्यक्ष, रेयाजुल इस्लाम महासचिव, ओमप्रकाश कुश्वाहा सचिव, गोपाल महतो कोषाध्यक्ष, प्रवेश यादव, नागेन्द्र सहनी, आन्न्द गुप्ता, फिरोज कुमार सरार्फ, जितेन्द्र चौधरी, देवराज चौधरी, जयप्रकाश गुप्ता, सानू मगर लगायत १३ सदस्यीय कमिटी गठन भएको सहयोगी फुटवल क्लबको गठन गरिएका उपाध्यक्ष विपिन चौधरीले जानकारी गराए ।

विमोचन कार्यक्रममा ५० वर्ष पुराना सवै खेलाडिहरुको सहभागिता रहेको थियो। विधिवत रुपमा क्लब दर्ता गरि जिल्लामा लोप हुदै गएको फुटवल कैम्प नै सञ्चालन गरि फुटवलको विकास गर्ने अध्यक्ष गुप्ताले बताए। ५० वर्ष पुर्व फुटवल देश मै नाम कमाएको जिल्लाले लगातर तीन चोटी नरायणी चैम्पियन भएका थिए। सोहि जोस र जागरले खेलाडि निमार्ण गर्ने तर्फ पहिलो प्राथमिकता हुने उनले बताए। रौतहट फुटवल सँघका अध्यक्ष भगवान दर्लार्मी, वडाध्यक्ष राजेश मण्डल प्रसौनी गाउपालिका वडा नम्वर २ का वडाध्यक्ष सुरेश गुप्ता, सुरेश मोदक लगायतकाले शुभकामना दिएका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश